भिभो वाई ५५ नेपाली बजारमा
भिभोले वाई५५ स्मार्टफोन सार्वजनिक गरेको छ । यस मोबाइलमा ५० एमपी एचडी रियर क्यामेरा र एआई ट्रिपल क्यामेरा रहेको छ । साथै ८जीबी प्लस ४जीबी एक्सटेन्डेड र्याम २.० को साथ आउँछ । यसको साथै ४४ वाट फ्ल्यासचार्जको सुविधा रहेको कम्पनीले जनाएको छ ।
फोनमा १२८जीबी ठूलो मेमोरी (जसलाई १टीबीसम्म बढाउन सकिने) क्षमता र ५००० एमएएच ब्याट्री रहेको छ । यस स्मार्टफोनलाई ५० एमपी एचडी रियर क्यामेरा मोड्युलले अझ आकर्षक बनाएको कम्पनीको भनाई छ ।
भिभो नेपालका सीईओ माइकलले भने, ‘उपभोक्ताहरूको माग र आवश्यकताहरुलाई पूरा गर्न भिभो प्रयासरत छ । यही कारणले गर्दा हामीले युवा केन्द्रित वाई सिरिजमा सबैका लागि अत्याधुनिक विशेषताहरु प्रदान गर्ने दृष्टिकोण राखेका छौँ ।’
वाई५५ मा शक्तिशाली क्वालकम स्न्याड्रेगन ६८० प्रोसेसर छ जसले कम पावर खपत गर्छ । फोनमा ६.४४ इन्च एफएचडी प्लस एमोलेड डिस्प्ले रहेको छ । साथै, यसमा इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिङ सुविधा छ र डिस्प्लेमा हल्का टच गरेर फोनलाई सहजै अनलक गर्न सकिन्छ ।
वाई५५ दुईवटा आर्कषक रंग– मिडनाइट ग्यालेक्सी र आइस डन कलरमा उपलब्ध छ । नेपाली बजारमा यस स्मार्टफोनको मूल्य रु. ३३ हजार ९९९ रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणी अस्पताल घटना: तोडफोड र डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने मन्त्री मेहताको प्रतिबद्धता
-
करोडौँ लैजान्छ संघ सरकार, लाख कमाउन सङ्घर्ष गर्छन् पालिका
-
डीआर कंगोमा इबोला सङ्क्रमण ३२ सय नाघ्यो, १ हजार ४०५ जनाको मृत्यु
-
धनगढीमा आत्मदाहको प्रयास गरेकी युवतीको मृत्यु
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
लाभको बाँडफाँटसम्बन्धी बहस जायज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण