भरतपुरलाई स्मार्ट सिटीका रुपमा विकास गर्ने काम सुरु भइसक्यो : मेयर दाहाल
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको मुख्य कोर एरियामा देखिएको समस्यालाई व्यवस्थित गर्ने कामको थालनी भइसकेको बताएकी छिन् ।
मेयर दाहालले भरतपुरलाई स्मार्ट सिटीका रुपमा विकास गर्न भरतपुरको मुख्य बजार क्षेत्रमा देखिएको पार्किङ, फुटपाथ, स्र्माट स्ट्रट लाइट जडान, मुख्य चोकमा हाई मास्ट लाइटको जडान कार्य धमाधम भइरहेको जानकारी दिइन् । माडवारी सेवा केन्द्र, नारायणगढले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मेयर दाहालले यस्तो बताएकी हुन्।
‘बजारलाई व्यवस्थित गर्न फुटपाथ, अटोको व्यवस्थापन काममा अगाडि बढेका छौ, ‘उनले भनिन् ,‘विद्युतीय तारको भूमिगत गर्ने काम, गल्ती सडकको निर्माणको काम, सडक विस्तार एवम् कालोपत्रेको काम पनि भइरहेको छ । नारायणी नदीलाई सि–बिच मोडलमा विकास गर्ने लगायतका काम हुँदै छ ।’
मेयर दाहालले माडवारी सेवा केन्द्र नारायणगढले राखेको मागप्रति सकारात्मक रहेको पनि बताइन् । केन्द्रले भयरहित तवरले व्यपार व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने, नियमनको नाममा जथाभावी गरिने अनुगमन र लामो समय बसोबासको आधारमा नागरिकता पाउनुपर्ने लगायतको माग राखेको थियो ।
मेयर दाहालले संघीय सरकारले नागरिकता विधेयक टेबुल गर्ने तयारीमा रहेकाले नागरिकताको विषय सम्बोधन हुने उल्लेख गरिन् । भरतपुरमा पछिल्लो समय निर्माण भइरहेका सिटी हल, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र प्रशासनिक भवन निर्माण गर्न भएको जग्गा प्राप्तिलाई ठूलो उपलब्धीको रुपमा लिएको उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण