वैज्ञानिक भन्छन्–भाइरसहरू प्लास्टिकमा टाँसिएर तीन दिनसम्म पानीभित्र जीवितै रहन्छन्
भाइरसहरू प्लास्टिकमा टाँसिएर स्वच्छ पानीमा करिब तीन दिनसम्म जीवित रहन सक्ने अनुसन्धानकर्ताहरूले जनाएका छन् । पखाला वा पेट खराब गराउने भाइरस माइक्रोप्लास्टिकसँग टाँसिएर पानीमा बाँच्न सक्षम भएको विज्ञहरूले बताएका छन् ।
रोटाभाइरस जस्ता भाइरसहरू संक्रामक हुने र स्वास्थ्यमा जोखिम पु¥याउछन् । युनिभर्सिटी अफ स्टर्लिङका अनुसन्धानकर्ताहरूले यस्तो अवलोकन गरेका हुन् । ‘हामीले पत्ता लगायौं कि भाइरसहरू माइक्रोप्लास्टिकम टाँसिन सक्छन् र यसले तिनीहरूलाई तीन दिन र सम्भवतः लामो समयसम्म बाँच्न अनुमति दिन्छ’, स्टर्लिङ विश्वविद्यालयका प्रमुख अनुसन्धानकर्ता प्रोफेसर रिचर्ड क्विलियमले भने ।
पानीमा माइक्रोप्लास्टिक्समा पाइने भाइरस संक्रामक छ कि छैन भनेर जान्न मानक प्रयोगशाला विधिहरू प्रयोग गरिएको थियो ।
‘हामीले वातावरणमा प्लास्टिकमा टाँसिएर भाइरसहरू राम्रोसँग बाँच्न सक्छन् भन्ने निश्चित थिएनौं । तर तिनीहरू बाँच्छन् र संक्रामक रहन्छन्’ क्विलियमले भने ।
उनले अगाडि थपे, ‘तीन दिनको लागि वातावरणमा संक्रामक भएर फोहोर पानी प्रशोधन कार्यहरूबाट सार्वजनिक समुद्र तटमा पुग्न पर्याप्त छ ।’
सो अध्ययन ‘इन्भाराेमेन्टल पाेलुसन' जर्नलमा प्रकाशित छ । अध्ययनले माइक्रोप्लास्टिक्सले वातावरणमा रोग सर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण