युक्रेन युद्ध : ६२ लाखभन्दा बढी मानिस देशभित्रै विस्थापित
युक्रेनमा रुसको आक्रमणका कारण अहिले ६ दशमलब २ मिलियनभन्दा बढी मानिसहरु घरबार छोडेर देशभित्रै बस्न बाध्य भएको अनुमान गरिएको राष्ट्रसंघले जनाएको छ ।
यो संख्या युद्ध सुरु भएदेखि युक्रेनबाट भागेका र अन्य युरोपेली देशहरूमा शरणार्थीको रूपमा दर्ता भएका ५ दशमलब २६ मिलियन मानिसहरूको अतिरिक्त हो ।
जुन २३ सम्म युक्रेनमा अनुमानित ६.२७५ मिलियन आन्तरिक विस्थापित व्यक्ति (आईडीपी) रहेका राष्ट्र संघको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले जनाएको छ । यो २४ फेब्रुवरीमा रूसी आक्रमण पछि आइओएमद्वारा रेकर्ड गरिएको सबैभन्दा कम आइडीपीको संख्या हो ।
फेब्रुवरीदेखि ६ वटा सर्वेक्षण गरेको संयुक्त राष्ट्रसंघीय निकायले ३ मेमा प्रकाशित चौथो सर्वेक्षणमा आईडीपीको संख्या ८ मिलियन पुगेको बताएको छ । पछिल्लो सर्वेक्षणले सुरुमा भागेका (देशभित्र र बाहिर) ५ दशमलब ५५ मिलियन मानिसहरू आफ्नो घर फर्केको जनाएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीमा हावाहुरीसहित वर्षा, कस्तो हुन्छ रातभरको मौसम ?
-
प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
-
फेरि हुँदैछ असंवैधानिक खेल, गोलचक्करमा सरकार
-
अशोक राईले भने– असन्तुष्टि चुलिँदै गएपछि नयाँ पार्टी बनाउनुपर्यो
-
आयोगले जनता समाजवादी पार्टी दर्ता भएको संसद् सचिवालयलाई गरायो जानकारी
-
हिरासतमै छँदा अस्पताल भर्ना हुन सिफारिस अनिवार्य