लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै, केन्द्रीय समिति सदस्यको नाम टुङ्गो लगाउने
शनिबार, १८ असार २०७९, १० : ०६
केन्द्रीय सदस्यको नाम टुङ्गो लगाउने विषयमा छलफल गर्न महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।
बबरमहलस्थित पार्टी कार्यालयमा अपरान्ह बस्ने बैठकमा पार्टीका विधान, केन्द्रीय समिति, भातृ संगठन गठनलगायत समसामयीक विषयमा समेत छलफल गर्ने भएको छ ।
केन्द्रीय कार्यकारिणी समिति सदस्य लक्ष्मणलाल कर्णका अनुसार संशोधित विधानलाई पारित गर्नेलगायतका एजेन्डामा बैठकका लागि तय गरिएका छन् । ‘अपराह्न १ बजे देखी बस्ने बैठकले केन्द्रीय कार्यसमितिको सदस्यको सङ्ख्या टुंग्याउनेदेखी सरकारलाई बुझाएको ज्ञापन पत्रका बारेमा छलफल हुनेछन्,’ कर्णले भने ।
तत्कालका लागि केन्द्रीय समिति सदस्यको सङ्ख्या ५ सय १ सदस्सीय राख्ने र त्यसका लागि नाम संकलन गर्ने कार्य गरिरहेको लोसपा नेपालले सो विवरण निर्वाचन आयोगमा पेस गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक क्षेत्रमा महिला सहभागिता र सशक्तीकरण आवश्यक छ : उपराष्ट्रपति यादव
-
सरकारबाट फिर्ता हुने जसपा नेपालको निर्णय
-
जलारीमार्फत फेवातालको जलकुम्भी निकाल्दै पोखरा महानगर
-
‘फर्की फर्की’ सबै वर्गका दर्शकको लागि हो : जसिता
-
‘ओलम्पिक छनोटमा सुखद नतिजा ल्याउँछौँ’
-
मधेस प्रदेशका मुख्यमन्त्री यादवले गरे मन्त्रिमण्डल पुनर्गठन