लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै, केन्द्रीय समिति सदस्यको नाम टुङ्गो लगाउने
शनिबार, १८ असार २०७९, १० : ०६
केन्द्रीय सदस्यको नाम टुङ्गो लगाउने विषयमा छलफल गर्न महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।
बबरमहलस्थित पार्टी कार्यालयमा अपरान्ह बस्ने बैठकमा पार्टीका विधान, केन्द्रीय समिति, भातृ संगठन गठनलगायत समसामयीक विषयमा समेत छलफल गर्ने भएको छ ।
केन्द्रीय कार्यकारिणी समिति सदस्य लक्ष्मणलाल कर्णका अनुसार संशोधित विधानलाई पारित गर्नेलगायतका एजेन्डामा बैठकका लागि तय गरिएका छन् । ‘अपराह्न १ बजे देखी बस्ने बैठकले केन्द्रीय कार्यसमितिको सदस्यको सङ्ख्या टुंग्याउनेदेखी सरकारलाई बुझाएको ज्ञापन पत्रका बारेमा छलफल हुनेछन्,’ कर्णले भने ।
तत्कालका लागि केन्द्रीय समिति सदस्यको सङ्ख्या ५ सय १ सदस्सीय राख्ने र त्यसका लागि नाम संकलन गर्ने कार्य गरिरहेको लोसपा नेपालले सो विवरण निर्वाचन आयोगमा पेस गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण