लुम्बिनी जसपामा को बलियो ?
जनता समाजवादी पार्टी विभाजन गर्ने सहमति भएपछि दुई पक्षबीच नेता तथा कार्यकर्ता तानातान सुरु भएको छ। जसपाका डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच संयुक्त पार्टी सञ्चालन गर्न नसकिने र सहमतिमै पार्टी फोड्ने सहमति बनेपछि जसपाको बलियो शक्ति कसरी आफूमा अड्याउने भन्नेमा भट्टराई र यादव पक्षबिच रस्साकस्सी चलेको छ। यो कसरत लुम्बिनी प्रदेशमा पनि नेताहरूले थालेका छन् । तथापि यो प्रदेशमा भने उपेन्द्र यादवको समूह बलियो देखिने पक्कापक्की जस्तै भएको छ।
यो प्रदेशबाट जसपाका ३ जना कार्यकारिणी सदस्य छन् । यी तीनमध्ये एक जना । उपेन्द्र यादवको पक्षमा रहने देखिन्छ भने एक कार्यकारिणी सदस्य भट्टराईको पक्षमा जाने र अर्का अर्का एक भने अहिले अनिर्णीत रहेको जसपा स्रोत बताउँछ। मोहम्मद इस्तियाक राई उपेन्द्र यादवकै समूहमा छन् । त्यसो त, पूर्वमन्त्री समेत रहेका उनी यसअघि भने भट्टराई पक्षधर थिए। तर पछिल्लो समय उनी उपेन्द्रको समूहमा सामेल भैसकेका छन् । स्रोतका अनुसार मन्त्री फेरबदलका क्रममा आफ्नो पालो आउने देखिएपछि राई भट्टराईलाई छोडेर उपेन्द्र क्याम्पमा जोडिएका हुन् । राईको यो निर्णयले उपेन्द्र यादव समूहलाई प्रदेशमा बलियो बनाएको छ। आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
-
सरकारबारे बजेटपछि छलफल गर्न कांग्रेस महामन्त्री घिमिरेको निर्देशन
-
विश्वकपमा व्यक्तिगत चमक, तर उपाधिबाट वञ्चित महान् खेलाडीहरू
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण