चीनले चन्द्रमा कब्जा गर्ने तयारी गर्दैछ : नासा
चीनले आफ्नो ‘सैन्य’ अन्तरिक्ष कार्यक्रम अन्तरगत चन्द्रमालाई ‘अधिग्रहण’ गर्ने तयारी गरिरहेको नासाका प्रशासक बिल नेल्सनले आशङ्का व्यक्त गरेका छन् । शनिबार ‘बिल्ड’ मा प्रकाशित अन्तरवार्तामा नेल्सनले अमेरिका यसपटक चीनसँग अन्तरिक्षको रेसमा रहेको बताएका हुन् । उनले २०३५ सम्म चीनले चन्द्रमामा आफ्नो स्टेसनको निर्माण पुरा गरिसक्ने र त्यसको एक वर्षपछि त्यसको प्रयोग सुरु गरिसक्ने बताए ।
७९ वर्षीय नेल्सनले चीन चन्द्रमा पुगेकोमा सबै चिन्तित रहनुपर्ने बताउँदै त्यसमा अब चीनको अधिकार हुने बताए । चीनको अन्तरिक्ष कार्यक्रमलाई ‘सैन्य अन्तरिक्ष कार्यक्रम’ बताउँदै चन्द्रमाको दक्षिणी ध्रुवका लागि प्रतिस्पर्धा तीव्र रहेको जिकिर गरे । त्यहाँ रहेको सम्भावित पानी भविष्यमा रकेटको इन्धन उत्पादनका लागि प्रयोग गर्न सकिने उनको भनाई थियो ।
चीनले किन अन्तरिक्ष कार्यक्रममा जोड दिइरहेको भन्ने प्रश्नमा नेल्सनले चिनियाँ अन्तरिक्ष यात्रीहरू अन्य देशको उपग्रहहरूलाई ध्वस्त बनाउन सिकिरहेको गम्भीर आरोप पनि लगाए । बेइजिङले आफ्नो महत्त्वाकाङ्क्षी अन्तरिक्ष कार्यक्रमलाई शान्तिपूर्ण उद्देश्यका लागि बताउँदै आए पनि नेल्सन त्यसको कटु आलोचक रहँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण