एक मेयर जसले गोहीसँग गरे विवाह...
हामीले आजकाल निकै अचम्मका विवाहको खबर सुन्ने गरेका छौँ । कोहीले कुकुरसँग त कोहीले आफैँसँग विवाह गरिरहेका छन् । यस्तै एउटा अचम्मको विवाह मेक्सिकोमा भएको छ । मेक्सिकोको ओक्साका शहरको एउटा सानो गाउँका मेयरले गोहीसँग विवाह गरेका छन् । उनले विवाहपछि दुलही अर्थात् गोहीलाई चुम्बन पनि गरे । यो अचम्मको विवाहको फोटो र भिडियो सोसल मिडियामा चर्चाको विषय बनेको छ ।
सात वर्षको गोहीसँग भयो विवाह
रोयटर्सका अनुसार स्यान पेड्रो हुआमेलुला गाउँका मेयर विक्टर ह्युगो सोसाले बिहिबार सात वर्षको गोहीसँग विवाह गरे । विवाहको अवसरमा गोहीलाई सेतो पोसाकसमेत अन्य रङ्गीन कपडा लगाइयो । मेयर दुलहाले गोहीलाई चुम्बन पनि गरे । यद्यपि, गोहीको मुख बाँधिएको थियो ।
सयौँ वर्ष पुरानो परम्पराअन्तर्गत भयो विवाह
यो परम्परा अन्तर्गत गोहीलाई एउटा सानो राजकुमारीको रुपमा लिइन्छ, जो धर्ती माताको प्रतिनिधित्व गर्ने देवी हुन् । मेयरको गोहीसँग विवाहलाई मानिसलाई ईश्वरसँग जोड्ने प्रतिकको रुपमा लिइएको छ ।
ओक्साका राज्यको चोन्तल र हुआवे समुदायको यो परम्परा सयौँ वर्ष पुरानो हो । यसमा प्रकृतिलाई धन्यवाद दिइन्छ र भविष्यमा पनि उदार रहिरहन प्रार्थना गर्ने गरिन्छ ।
मेयर विक्टरले गोहीसँगको आफ्नो विवाहबारे भने, ‘हामी प्रकृतिसँग पर्याप्त वर्षाको माग गर्छौँ ताकि नदीमा पर्याप्त माछा होउन्, ताकि हामीले पर्याप्त भोजन पाउन सकौँ ।’
‘यसले मलाई असाध्यै खुसी दिलाएको छ र आफ्नो धरातलप्रति गर्व महसुस गराएको छ,’ एलिया एदिथ आगुइलरले भनिन् । एलियालाई धेरैले गडमदर भनेर चिन्छन् र उनैले यो विवाहको आयोजना गरेकी हुन् ।
उनले भनिन्, ‘यो कार्यक्रम आयोजना गर्ने सुअवसर मैले नै पाएँ । दुलहीलाई के लगाइदिने होला भनेर मैले धेरै समय बिताएँ ।’
‘यो निकै राम्रो परम्परा हो,’ उनले मुस्कुराउँदै भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको ११औँ बजेट आउँदै, यसअघिका १० बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण