अन्तरिक्षबाट देखियो सूर्यग्रहणको अद्वितीय दृश्य, तीन महिनापछि पृथ्वीबाट देखिने
नासासँग यस्ता केही उपकरण छन् जसमार्फत् सूर्यलाई प्रत्यक्ष रुपमा देख्न सकिन्छ । अन्तरिक्षमा यस्तै एउटा विशेष उपकरणले आंशिक सूर्य ग्रहणको तस्बिर खिचेको छ । यो तस्बिर चन्द्रमा सूर्यको नजिकबाट यात्रा गरिरहेका बेला खिचिएको हो ।
नासाको सोलर डायनेमिक्स अब्जर्भेटरीले २४ घण्टा सूर्यमाथि निगरानी राख्छ । २९ जुनमा अब्जर्भेटरी र सूर्यबीच चन्द्रमा आयो जसको तस्बिर यसले खिचेको छ ।
ग्रहणको चरममा चन्द्रमाले सूर्यको ६७ प्रतिशत हिस्सा छोपेको थियो । सोलर डायनेमिक्स अब्जर्भेटरी (एसडीओ) ले अन्तरिक्षमा आफ्नो विशेष भिन्टेज पोइन्टबाट ग्रहणको तस्बिर खिचेको हो । यो ग्रहण पृथ्वीबाट देखिएको थिएन । पृथ्वीबाट ग्रहण २५ अक्टोबरमा देखिनेछ जुन अधिकांश युरोप, उत्तरी अफ्रिका, मध्य पूर्व र एशियाको पश्चिमी हिस्साबाट देखिनेछ ।
एसडीओले सौर्य गतिविधिले अन्तरिक्षको मौसमको निर्माण र सञ्चालन कसरी गर्छ, कोरोनल मास इजेक्सन (सीएमई) ले पृथ्वीमा सौर्य आँधी कसरी पैदा गर्न सक्छ भन्ने विषयमा अध्ययन गरिरहेको छ ।
यो सौर्य चक्रको शिखर गतिविधिबाट सूर्य अझै तीन वर्ष टाढा छ, जुन जुलाई २०२५ मा हुने अपेक्षा गरिएको छ । यद्यपि, यो पहिले नै केही तेज फ्लेयर्स, सनस्पट्स, सीएमई र यहाँसम्म कि हालमा भइरहेको दुर्लभ को–रोटेटिङ इन्टरेक्सन रिजन (सीआईआर) सँग असामान्य रुपमा सक्रिय छन् ।
NASA Sungazing Observatory Captures Stunning Solar Eclipse From Spacehttps://t.co/8eSP4TZB1Z pic.twitter.com/VTl7y95h5O
— IFLScience (@IFLScience) July 1, 2022
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण