नवनियुक्त प्रदेशसभा सदस्य बस्नेतले लिइन् शपथ
मङ्गलबार, २१ असार २०७९, ११ : ५५

प्रदेश १ को सांसदमा नियुक्त भएकी हिमादेवी बस्नेतले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । आज सभामुख प्रदीपकुमार भण्डारीले बस्नेतलाई शपथ खुवाएका हुन् ।
प्रदेश सांसदको कार्यकाल चार महिना बाँकी रहँदा बस्नेत प्रदेश–१ सांसदमा नियुक्ती भएकी हुन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सिफारिसमा बस्नेतलाई प्रदेश सांसदमा नियुक्त गरिएको हो ।
एमाले सांसद गुलेफुन खातुन सरकारी कागजात र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएपछि रिक्त रहेको सो स्थानमा समानुपातिक कोटाबाट बस्नेतलाई नियुक्त गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रमप्रति रिटर्नी फेडेरेसन नेपालको असन्तुष्टि
-
जयकुमारनाथ शाह मेमोरियल अन्तरविद्यालय क्रिकेटमा रेडियन्ट रिडर्सको सहज जित
-
विद्युत नियमन आयोगविरूद्ध किन खनिए ऊर्जामन्त्री ?
-
राष्ट्रिय गौरवको आयोजनाका लागि छुट्टै कानुन बनाउन सांसदहरूको जोड
-
ट्रंकलाइनको बक्यौता विवाद चाँडै समाधान हुने ऊर्जामन्त्रीको विश्वास
-
टिकेन सेयर बजारको उत्साह, फाइनान्स समूह भने बढेको बढ्यै