युरोपका केही भाग सुक्खा बन्दैछन् : अध्ययन
एक अध्ययनले स्पेन र पोर्चुगलका भागहरू विगत १२०० वर्षको तुलनामा सुक्खा भएको पत्ता लगाएको छ । सुख्खा हावापानीले यी दुई देशहरूमा मदिरा र ओलिभ उत्पादनलाई असर पार्ने सम्भावना छ ।
अनुसन्धानकर्ताले एट्लान्टिक क्षेत्रमा घडीको दिशामा सर्ने एजोर्स हाइलाई अध्ययनको केन्द्र बनाएका थिए । एजोर्स हाई उच्च वायुमण्डलीय चापको क्षेत्र हो । यसलाई युरोपमा वर्षाको लागि ‘गेटकीपर’ भनिन्छ । युरोपमा हिउँदे वर्षा एजोर्स हाउका कारणले हुन्छ । यसले महादेशमा पश्चिमी हावाहरू भित्र पठाउँछ । यस घटनाको अध्ययन अमेरिकाका अनुसन्धानकर्ताहरूले गरेका थिए र नेचर जियोसाइन्स जर्नलमा प्रकाशित छ ।
उच्च–दबाव प्रणालीसमेत भनिने एजोर्स हाई गत शताब्दीमा नाटकीय रूपमा परिवर्तन भएको छ र उत्तरी एट्लान्टिक जलवायुमा यी परिवर्तनहरू विगत सहस्राब्दीमा अभूतपूर्व भएको अध्ययनले पत्ता लगाएको छ । यस अध्ययनमा जलवायु मोडेल सिमुलेसन प्रयोग गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण