दिगो बिकासकाे लक्ष्य पूरा गरेकोमा संयुक्त राष्ट्र संघको कार्यालयमा धुलिखेलका नगर प्रमुखको सम्बोधन
काभ्रेको धुलिखेलका नगरपालिकाबाट नगर प्रमुखमा २ पटक विजेता बनेका अशोक कुमार ब्यान्जु श्रेष्ठले न्यूयोर्क स्थित संयुक्त राष्ट्र संघको कार्यालयमा सम्बोधन गरेका छन् ।
दिगो विकासमा उच्चस्तरीय राजनीतिक मञ्चको बैठकमा धुलिखेल नगरपालिकाले प्राप्त गरेको गरिबी निवारण, स्वास्थ्य शिक्षा र खानेपानी जस्ता विषयमा उपलब्धि हासिल गरेकोमा विश्वका १६३ देशका प्रतिनिधिबीच नेपालको प्रतिनिधित्व भएकोमा उनले खुसी व्यक्त गरे ।
नगरप्रमुख ब्यान्जुले विगत ५ वर्षको अवधिमा दिगो बिकासको लक्ष्यसहित गरेका कार्यको उच्च मुल्यांकन सहित जुलाई ६ का दिन नेपालकै प्रतिनिधित्व गर्दै उनी न्यूयोर्क पुगेका हुन् ।
साथै उनले सो अवसर धुलिखेल र सम्पूर्ण धुलिखेलवासीको माया सहयोगले दिगो विकासको लक्ष्य पूरा भएको बताए । उनले आफ्नो पालिका र देशको बारेमा विचार राख्ने अवसर दिएकोमा राष्ट्र संघका आर्थिक तथा सामाजिक परिषदका अध्यक्षलाई धन्यबाद समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण