बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दिगो बिकासकाे लक्ष्य पूरा गरेकोमा संयुक्त राष्ट्र संघको कार्यालयमा धुलिखेलका नगर प्रमुखको सम्बोधन

बिहीबार, २३ असार २०७९, ०७ : ०८
बिहीबार, २३ असार २०७९

काभ्रेको धुलिखेलका नगरपालिकाबाट नगर प्रमुखमा २ पटक विजेता बनेका अशोक कुमार ब्यान्जु श्रेष्ठले न्यूयोर्क स्थित संयुक्त राष्ट्र संघको कार्यालयमा सम्बोधन गरेका छन् ।

दिगो विकासमा उच्चस्तरीय राजनीतिक मञ्चको बैठकमा धुलिखेल नगरपालिकाले प्राप्त गरेको गरिबी निवारण, स्वास्थ्य शिक्षा र खानेपानी जस्ता विषयमा उपलब्धि हासिल गरेकोमा विश्वका १६३ देशका प्रतिनिधिबीच नेपालको प्रतिनिधित्व भएकोमा उनले खुसी व्यक्त गरे ।

नगरप्रमुख ब्यान्जुले  विगत ५ वर्षको अवधिमा दिगो बिकासको लक्ष्यसहित गरेका कार्यको उच्च मुल्यांकन सहित जुलाई ६ का दिन नेपालकै प्रतिनिधित्व गर्दै उनी न्यूयोर्क पुगेका हुन् ।

साथै उनले सो अवसर धुलिखेल र सम्पूर्ण धुलिखेलवासीको माया सहयोगले दिगो विकासको लक्ष्य पूरा भएको बताए । उनले आफ्नो पालिका र देशको बारेमा विचार राख्ने अवसर दिएकोमा राष्ट्र संघका आर्थिक तथा सामाजिक परिषदका अध्यक्षलाई धन्यबाद समेत दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप