फ्राइडे रिलिज : ‘दोख’ लाई एकल प्रदर्शनकाे अवसर
आजबाट फिल्म ‘दोख’ प्रदर्शनमा आएको छ । फ्राईडे रिलिज अन्तर्गत ‘दोख’ देशभर प्रदर्शनमा आएको हो । अनुप बरालको निर्देशन रहेको फिल्मले निर्माण भएको ७ वर्षपछि बल्ल प्रदर्शन अवसर पाएको हो ।
माओवादी–सशस्त्र युद्धको पृष्ठभूमिमा वनको मुद्दालाई लिएर दुई गाउँबीच उत्पन्न किचलोको कथामा फिल्म निर्माण भएको छ । सिंगल थिएटर पर्याप्त मात्रामा पाएको फिल्म मल्टिप्लेक्सहरुमा पनि रिलिज भएको छ ।
राजन कठेतद्वारा लिखित फिल्ममा दीया मास्के, लोकमणि सापकोटा, मनिष निरौला, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगरलगायतको अभिनय छ । सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्मको कार्यकारी निर्माता भीम न्यौपाने, ओम गुरुङ र रञ्जु वाग्ले थापा हुन् ।
सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, दिपक खनाल र युवराज भट्टराई एसोसिएट निर्माता रहेको फिल्ममा शैलेन्द्र डि. कार्कीको छायांकन, संगम पुष्पाको ब्याकग्राउन्ड स्कोर, उत्तम न्यौपानेको साइन्ड डिजाइन, अष्ट महर्जनको द्वन्द्व र निमेष श्रेष्ठको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण