बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

शिन्जो आबेलाई गोली हान्नेको घरबाट विस्फोटक पदार्थ बरामद

शुक्रबार, २४ असार २०७९, २१ : २१
शुक्रबार, २४ असार २०७९

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको गोली हानी हत्या भएको छ । जापानको दक्षिणी सहर नारामा भाषण दिने क्रममा उनलाई गोली लागेको थियो । सुरक्षा अधिकारीहरूले गोली प्रहार गर्नेलाई नियन्त्रणमा लिएका छन् भने उनी प्रहरी हिरासतमा छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार प्रहरीले उक्त बन्दुकधारीको घरको खोजी गर्दा विस्फोटक पदार्थ फेला पारेको दाबी गरेको छ । प्रत्यक्षदर्शीहरूका अनुसार उनीहरूले एक व्यक्तिलाई ठूलो बन्दुक बोकेर आबेलाई पछाडिबाट दुईवटा गोली हानेको देखेका थिए । त्यहाँ सिन्जो आबेको सुरक्षामा प्रहरीको टोली उपस्थित थियो। त्यसका बावजुद बन्दुकधारी आबेको नजिक पुग्न सफल भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप