ट्विटर किन्न गरेको ४४ अर्ब डलरको कबोल मस्कले अन्त्य गरे
शनिबार, २५ असार २०७९, ०७ : १९
अर्बपति एलोन मस्कले सामाजिक सञ्जाल ट्विटर किन्नको लागि आफ्नो ४४ अर्ब डलरको कबोल अन्त्य गर्ने भएका छन् । मर्जर सम्झौता उल्लंघन भएको आरोप लगाउँदै धनाढ्य मस्कले कबोल समाप्त गर्न लागेका हुन् ।
विश्वका सबैभन्दा धनाढ्य मस्कले यही अप्रिलमा ट्विटर किन्ने निर्णय गरेका थिए । तर, उनको पछिल्लो घोषणाले लामो समयदेखि चलिरहेको बहसमा नयाँ ट्विस्ट लिएको छ ।
ट्विटरले स्पाम र नक्कली खाताहरूको संख्यामा पर्याप्त जानकारी नदिएकाले आफू पछि हटेको उनले बताएका छन् । सम्झौता कार्यान्वयन गर्न कानुनी कारबाही गर्ने योजना रहेको ट्वीटरले जनाएको छ ।
उल्लंघन वापत मस्कले १ अर्ब ब्रेकअप शुल्क र सम्भावित मुद्दाको सामना गर्नु पर्न सक्ने प्राप्त विवरणहरूमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण