शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नं २ को मत परिणाम : राजपा अगाडि, बाम गठबन्धनले खाता खोल्न बाँकी

आइतबार, २४ मङ्सिर २०७४, १३ : ४२
आइतबार, २४ मङ्सिर २०७४

काठमाडौं प्रदेश नं २ मा भएको संघ र प्रदेशको निर्वाचनमा ठूला राजनीतिक दललगाएत मधेश केन्द्रीत दलहरुले उम्मेदवारी दिएका थिए । दोस्रो चरणमा भएको निर्वाचनमा प्रारम्भिक नतिजा हेर्दा यस्तो रहेको छ । 

अहिलेसम्मको मत परिणाम हेर्दा राष्ट्रिय जनता पार्टीले ३ स्थानमा विजय हासिल गरेको छ भने ८ वटा स्थानमा अग्रता बनाइरहेको छ । त्यस्तै संघीय समाजवादी फोरम नेपालले अहिलेसम्म २ स्थानमा विजय हासिल गरेको छ । फोरम नेपालको अहिलेसम्म ५ स्थानमा अग्रस्थानमा रहेको छ ।  

उता नेपाली काँग्रेसले पनि २ नं प्रदेशमा रौतहट जिल्लाको क्षेत्र नं २ बाट आफ्नो खाता खोलेको छ । भने ५ वटा स्थानमा अग्रस्थानमा रहेको छ । 

नेकपा एमालेले अहिलेसम्म २ नं प्रदेशमा खाता खोल्न सकेको छैन । १ स्थानमा अग्रता बनाई रहेको छ । 

माओवादी केन्द्रले पनि आफ्नो खाता खोलेको छ । रौतहट क्षेत्र नं ३ बाट प्रभु शाह विजयी भएका छन् । २ स्थानमा अग्रस्थानमा रहेका छन् । 

यी तीन स्थानमा विजय प्राप्त गर्ने नेताहरुमा राजपाका राजेन्द्र महतो धनुषा क्षेत्र नं ३ बाट ३०हजार ७ सय ४२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका नेता विमेलेन्द्र निधिले २७ हजार ८ सय २८ मत ल्याएका छन् । 

रौतहट जिल्लाको क्षेत्र नं १ बाट राजपाका अनिलकुमार झा विजयी भएका छन् । उनले २१हजार  ४ सय ७२ मत ल्याएर नेपाली काँग्रेसका कृष्णप्रसाद यादवलाई हराएका हुन । काँग्रेसका यादवले १५ हजार ८ सय ७४ मत ल्याएका छन् । 

सप्तरी क्षेत्र नं ३बाट चन्द्रकान्त चौधरी निर्वाचित भएका छन् । उनले २२ हजार ५ सय ८४ मत ल्याएका छन् । उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका दिनेश कुमार यादवले १९ हजार ४ सय १ मत ल्याएका छन् । 

राजपाको प्रदेशमा विजयी र अग्रता 

धनुषाको ३ नं क्षेत्रको प्रदेश सभा ख मा राजपाका परमेश्वर साह सडी विजयी भएका छन् । उनले १५ हजार २ सय ३ मत ल्याएका छन् । 

रौतहट क्षेत्र नं १को प्रदेश सभा क मा बाबुलाल साह कानू निर्वाचित भएका छन् । उनले १० हजार ५ सय २४ मत ल्याएका छन् । 

प्रदेश नं २मा संघीय समाजवादी फोरमले २ ठाउँमा विजय गरेको छ । 

सप्तरीको क्षेत्र नं १ मा फोरमका डा.सुर्यनारयाण यादव विजयी भएका छन् । उनले २१ ह्जार ७ सय १२ मत ल्याएका छन् । उनले माओवादी केन्द्रका अशोककुमार मण्डललाई हराएका छन् मण्डलले १८ हजार २ सय २५ मत ल्याएका छन् । 

सप्तरीको क्षेत्र नं २बाट उपेन्द्र यादव विजयी भएका छन् । उनले २१ ह्जार ६ सय २० मत ल्याएका छन् । उनले माओवादी केन्द्रका उमेश कुमार यादवलाई हराएका छन् । उमेशकुमारले ११ हजार ५ सय ८० मत ल्याएका छन् । 

रौतहट जिल्लाको क्षेत्र नं २बाट नेपाली काँग्रेसका मोहम्मद आफताब आलम १८ हजार ८ सय ३३ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी एमालेका मो. मुस्ताक आलमले ९ हजार ७ सय ९७ मत ल्याएका थिए ।

 २ नं प्रदेशमा राजपा ८ स्थानमा अगाडि छ 

पर्सा क्षेत्र नं ४ मा लक्ष्मणलाल कर्ण अगाडि छन् । बारामा एकवाल मियाँको अग्रता छ । महोत्तरी २ मा शरतसिंह भण्डारी अग्रता कायम छ । महोत्तरीको ३बाट महन्थ ठाकुरको अग्रता छ । सर्लाही १बाट प्रमोद शाहको अग्ता छ । २बाट महिन्द्र राय यादवको पनि अग्रता रहेको छ । ४बाट राकेशकुमार मिश्र पनि अगाडि नै छन् ।

अझै फैसला हुन बाँकि छ यी हेभीवेट नेताहरुको भाग्यको फैसला 

राजपाका लक्ष्मणलाल कर्ण अगाडि भएपनि उनको भाग्यको फैसला हुन अझै बाँकि छ । राजपा कै राजकिशोर यादव ,शरतसिंह भण्डारी र महन्थ ठाकुरको भाग्यको फैसला हुन बाँकि नै रहेको छ । सर्लाहीबाट महिन्द्र राय यादवको पनि भाग्यको फैसला हुन समय लाग्ने देखिन्छ । 

नेपाली काँग्रेसका केहि हेभीवेट नेताहरुको भाग्यको फैसला भैसकेको छ । जुन फैसला हेभीवेट नेताको विपक्षमा भएको छ । विमेलेन्द्र निधि,शेखर कोइराला जस्ता हेभीवेट नेताहरु जनताबाट अनुमोदित हुन सकेनन । 

नेपाली काँग्रेसका हेभीवेटमा सिरहाबाट बौद्धिक नेता प्रदिप गिरीको भाग्यको फैसला हुन बाँकि छ । सर्लाहीबाट अमरेशकुमार सिंहकोपनि भाग्यको फैसला हुन बाँकि रहेको छ । बाराका उमाकान्त चौधरीको पनि भाग्यको फैसला हुन समय लाग्ने छ । 

माओवादी केन्द्रका हेभीवेट नेताहरुको पनि भाग्यको फैसला हुन बाँकि छ । सिरहाबाट पूर्व कानून मन्त्री अजयशंकर नायक छन् । 

धनुषा क्षेत्र १ बाट माओवादी केन्द्रका सचिवालय सदस्य मातृका यादव पहिलो पटक चुनावी मैदानमा छन् । अहिले सम्म उनी अग्र स्थानमा रहेपनि भाग्यको फैसला भने भैसकेको छैन । 

धनुषा क्षेत्र नं २बाट माओवादी केन्द्रकै रामचन्द्र झाको पनि भाग्यको फैसला हुन बाँकि छ । अहिले सम्म उनी दोस्रो स्थानमा छन् । 

केन्द्रका नेता गिरिराजमणि पोख्रेल महोत्तरी क्षेत्र नं १बाट आफ्नो भाग्यको फैसलाको् पर्खाइमा छन् । उनी अहिले सम्म अग्रस्थानमा रहेका छन् । 

रौतहट क्षेत्र नं ३बाट प्रभु शाहको भाग्यको फैसला हुने छ । उनी पनि अहिले सम्म अग्रस्थानमा रहेका छन् । 

पर्सा क्षेत्र नं ४बाट उमिला अर्यालको भाग्यको फैसला हुन बाँकि छ । उनी अहिले सम्म तेस्रो स्थानमा छन् । 

एमालेका २ नं प्रदेशमा हेभीवेट नेताहरुमा धनुषा क्षेत्र नं ४बाट रघुवीर महासेठले भाग्यको फैसाल पर्खिरहेका छन् । रौतहट क्षेत्र नं ४बाट वंशीधर मिश्रपनि नतिजाको पर्खाइमा छन् । पूर्व उपसभामुख गंगाप्रसाद यादवपनि आफ्नो भाग्यको फैसलाको पर्खाइमा छन् । 


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप