शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

अहिलेसम्म कुन दलले कुन प्रदेशमा कति सिट जितेका छन् ?

आइतबार, २४ मङ्सिर २०७४, १५ : १९
आइतबार, २४ मङ्सिर २०७४

पहिलो र दोस्रो चरणको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । देशभरी ७ वटा प्रदेशका विभिन्न जिल्लाहरुबाट उमेदवारी दिएर निर्वाचनमा होमिएका विभिन्न राजनीतिक दलहरुका उम्मेदवारहरु विजय प्राप्त गर्न थालेका छन् । 
कयौँ स्थानमा भने हेभीवेट भएका नेताहरुलेपनि पराजय भोग्नु परेको छ । कयौँ ठाउँमा युवा नेताहरुले राजनीतिको सुरुवातसँगै सफलता हात पारेका छन् । केहि ठाउँमा पहिलाको हारलाई जीतमा परिणत गरेका छन् भने कयौँ ठाउँमा विरासत नै गुमेको छ । 

प्रदेश नं १
प्रदेश नं १ मा एमालेले ११ वटा स्थानमा विजय हासिल गरेको छ भने ७ वटा स्थानमा अग्र रहेको छ । 
त्यस्तै माओवादी केन्द्रले ६ स्थानमा विजय हासिल गरेको छ । नेपाली काँग्रेसले भने १ स्थानमा विजय हासिल गरेको छ । २ स्थानमा अगाडि छ । 

प्रदेश नं २ 
प्रदेश नं २ मा राजपाले अहिलेसम्म ३ स्थानमा विजय हासिल गरेको छ । ७ स्थानमा अगाडि छ  । संघीय समाजवादी फोरम नेपालले ३ स्थानमा विजय हासिल गरेको छ ५ स्थानमा अगाडि रहेको छ । 
नेपाली काँग्रेसले २ स्थानमा विजय हासिल गरेको छ । ४ स्थानमा अगाडि छ । माओवादी केन्द्रले १ स्थानमा विजय हासिल गरेको छ भने ३ स्थानमा अगाडि छ ।  

प्रदेश नं ३ 
नेकपा एमालेले यो प्रदेशमा १७ स्थानमा विजय हासिल गरेको छ । ऊ ४ स्थानमा अगाडि छ । 
माओवादी केन्द्रले यो प्रदेशमा ५ स्थानमा विजय हासिल गरेको छ भने १ स्थानमा अगाडि छ । 
नेपाली काँग्रेसले यो प्रदेशमा ५ स्थानमा विजय हासिल गरेको छ । 

प्रदेश नं ४ 
नेकपा एमाले यो प्रदेशमा पनि अगाडि नै छ । उसले यो प्रदेशमा अहिले सम्म ९ स्थानमा विजय हासिल गरेको छ । १ स्थानमा अगाडि रहेको छ ।
माओवादी केन्द्रले यो प्रदेशमा २ स्थानमा विजय हासिल गरेको छ । १ स्थानमा अगाडि रहेको छ । 
नेपाली काँग्रेस र अन्य मधेशवादी लगायतका दलहरुले भने खाता खोलेका छैनन् । 
नयाँ शक्ति नेपालले १ स्थानमा विजय हासिल गरेको छ । 

प्रदेश नं ५
नेकपा एमालेले यो प्रदेशमा अहिलेसम्म ६ वटा स्थानमा विजय हासिल गरेको छ । ६ वटै स्थानमा अगाडि छ । नेकपा माओवादी केन्द्रले यो प्रदेशमा अहिलेसम्म ४ वटा स्थानमा विजय हासिल गरेको छ ३ वटा स्थानमा अगाडि छ । 
नेपाली काँग्रेसले यो प्रदेशमा २ स्थानमा विजय हासिल गरेको छ । ३ स्थानमा अगाडि छ । 
यो प्रदेशमा अन्य दलहरुले खाता खोलेको छैन । 

प्रदेश नं ६ 
यो प्रदेशमा नेकपा एमालेले ४ वटा स्थानमा विजय हासिल गरेको छ । २ स्थानमा अगाडि छ । 
नेकपा माओवादी केन्द्रले यो प्रदेशमा ४ स्थानमा विजय हासिल गरेको छ । १ स्थानमा अगाडि छ । 
नेपाली काँग्रेसले भने खाता खोल्न सकेको छैन । 

प्रदेश नं ७ 
यो प्रदेशमा नेकपा एमालेले ५ स्थानमा विजय हासिल गरेको छ । ६ स्थानमा अहिलेसम्म अगाडि छ । 
नेपाली काँग्रेसले यो प्रदेशमा खाता खोलेको छ । खाता खोल्नेमा प्रधानमन्त्री शेरबहादुर देउवा हुन् । 
नेकपा माओवादी केन्द्रले भने यो प्रदेशमा खाता खोल्न सकेको छैन । ३ स्थानमा अगाडि रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप