दलित विद्यार्थीले पढ्दैनन् संस्कृत
जुम्लाको चन्दननाथ गुरुकुल पाठशालामा दलित विद्यार्थीले संस्कृत नपढ्ने गरेको पाइएको छ। चन्दननाथ गुरुकुल पाठशाला स्थापना भएको केही वर्षसम्म दलित विद्यार्थी संस्कृत पढ्न आए पनि अहिले नआएको प्रधानाध्यापक विश्वराज उपाध्यायले बताए ।
चन्दननाथ गुरुकुल पाठशालाको स्थापना २०६९ सालमा भएको उनले बताए । संस्कृत बचाउन ,भाषाको शुद्धता ल्याउने उदेश्यले यो पाठशालाको जन्म भएको हो । चन्दन्नाथ मन्दिर भित्रै सञ्चालन भइरहेको गुरुकुल पाठशालामा अहिले सबै बाहुन, बालबालिका मात्रै अध्ययन गरिरहेका छन् ।
दलितका छोराछोरी पढ्न नआउनुको कारण नै दलितले पढेर काम लाग्दैन भन्ने सोच हुनसक्ने उनले जनाए । पाठशालामा विद्यार्थी भर्ना हुदा समावेशी रूपमा सबैले पढ्न पाउनुपर्छ भन्नेबारे सूचना सम्प्रेषण गर्ने गरेको उनको दाबी छ। दलितलाई संस्कृत पढ्न अङ्कुश नलगाएको बताइएको छ ।
पाठशालाका प्रधानाध्यापक विश्वराज उपाध्यायले भने -'पाठशाला सरकारबाट सञ्चालित शैक्षिक संस्था हो । यसमा जातीय रोक छेक नभएको भन्दै भर्ना गर्दा संस्कृत शिक्षा पनि समावेशी सबैका लागि हो । तर दलित विद्यार्थी पढ्न आउँदैनन् । '
दलितका छोराछोरीले पनि संस्कृत शिक्षा आर्जन गर्न पाउनु पर्छ । शिक्षा आर्जन गर्ने कुनै पनि शैक्षिक संस्थामा जातीय विभेद गर्नु कानुन विपरीत हो । संस्कृत पाठशालामा भर्ना खुलेको प्रचारप्रसार भने स्थानीय रेडियो र पत्रपत्रिकाबाट गर्ने गरेको उनले बताए । दलित विद्यार्थी नआउने भएकै कारण सरकारले दिने छात्रवृत्ति पनि काटेको छ ।
गुरुकुल पाठशालामा १ देखि ४ कक्षा सम्म पढाइ हुन्छ । अहिले १४ छात्रा १८ छात्र विद्यार्थी सबै बाहुनका अध्ययन गरिरहेका छन् । यहाँ दैनिक दुई घण्टा पढाइ हुन्छ । साँझ ४ वजे देखि ६ वजे सम्म पढाइ भइरहेको छ। यो पनि अघिल्ला वर्षहरू भन्दा विद्यार्थीको संख्या ह्वात्तै घटेको प्रधानाध्यापक विश्वराज उपाध्यायले बताए ।
विषयगत शिक्षक नहुन,आवास गृहको व्यवस्था नहुन,पाठ्यपुस्तक समयमै आइ नपुग्दा यो समस्या सृजना भएको छ । अहिले पाठशालामा नेपाली, सिर्जनात्मक, संस्कृत, व्याकरण गरी चार विषयमा अध्यापन भइरहेको छ । पाठशालामा शुद्ध उच्चारण गर्न सिकाउने र वेदका मन्त्र तथा श्लोकहरु कण्ठस्थ गराइन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह
-
सुदूरपश्चिम सरकारमा आफ्ना मन्त्री फेर्न एमाले पनि छलफलमा
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
-
भारतीय अभिनेता राकेश बेदी काठमाडौँमा
-
विश्व खाद्य सुरक्षा दिवस : भोजमा ३० प्रतिशतभन्दा बढी खाना फालिन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण