मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीसँग भरतपुर मेयर दाहालले गरिन् चितवनको समग्र विकासका विषयमा छलफल

मङ्गलबार, २८ असार २०७९, १२ : ३१
मङ्गलबार, २८ असार २०७९

प्रधानमन्त्री शेरबहादुर देउवासँग भरतपुर मेयर रेनु दाहालले चितवनको समग्र विकासका विषयमा छलफल गरेकी छिन् । मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर मेयर दाहालले चितवनको दीर्घकालिन विकासका विषयमा  छलफल गरेकी हुन् । 

मेयर दाहालले माडि क्षेत्रमा भूमिगत विद्युतीकरण कार्य रोकिएको विषय,माडी जंगल क्षेत्रको हुलाकी सडकको स्तर उन्नति गर्ने विषयमा प्रधानमन्त्रीसँग छलफल गरेकी हुन् । यस्तै चितवनको भरतपुर एयरपोर्ट विस्तार र अन्तराष्ट्रिय रंगशाला निर्माणका विषयमा छलफल गरेको मेयर दाहालले बताइन् । 

प्रधानमन्त्री देउवा सहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, मुख्य सचिव र प्रधानसेनापतिको समेत सहभागी थियो । सोही छलफल निक्कै उपलब्धिपूर्ण भएको दाहालको भनाइ छ । चितवनको विकास लागि मेयर निर्वाचित भएपछि  दाहाल निरन्तर लागि परेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप