सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एलियन्ससँग यसरी कुरा गर्न सकिन्छ, अनुसन्धानमा जताइयो सम्भावना

मङ्गलबार, २८ असार २०७९, १६ : १५
मङ्गलबार, २८ असार २०७९

एलियनसँग सम्पर्क गर्ने कोसिस वर्षौंदेखि जारी छ । यद्यपि, अहिलेसम्म एलियन जीवनको कुनै प्रमाण भने भेटिएको छैन । तर अब अनुसन्धाताको एउटा समूहले एउटा यस्तो गणितीय मोडल तयार गरेको छ जसमा सायद एलियन्सले क्वान्टम फिजिक्सको मद्दतले अन्तरिक्षमा सञ्चार गरिरहेको हुनसक्छन् । अर्थात् क्वान्टम कम्युनिकेशनमार्फत् एलियनसँग सम्पर्क गर्न सकिन्छ ।

पृथ्वीमा वैज्ञानिक क्वान्टम कम्युनिकेसनमा काम गरिरहेका छन् । क्वान्टम फिजिक्समा केही यस्ता गुण छन् जसले सामान्य सञ्चार प्रणालीको तुलनामा सूचनालाई तीब्र गतिमा र थप सुरक्षित तरिकाले सञ्चार गर्ने गर्छ । क्वान्टम नेटवर्क निकै नाजुक र संवेदनशील हुन्छ । हालै गरिएको एक शोधका अनुसार यस्तो नेटवर्कले नटुटिकन अन्तरिक्षमा काम गर्न सक्छ ।

ब्रिटेनमा एडिनबर्ग युनिभर्सिटीका भौतिक विज्ञानी तथा शोधका मुख्य लेखक अर्जुन बेरेरा र उनका सहयोगी जेम कोल्डेरोन–फिगुएरोआले अन्तरिक्षमा एक्स–रेको गतिको गणना गरे ताकि सम्भावित डिकोहोरेन्सको अनुसन्धान गर्न सकियोस् ।

शोधकर्ताका अनुसार यदि प्रकाशका कारण कण अर्थात् फोटनको प्रयोग क्वान्टम कणको रुपमा गरिन्छ भने ती हज्जारौँ प्रकाश–वर्ष टाढा प्रसारित गर्न सकिन्छ । यस्तो यसकारण किनभने अन्तरिक्षमा पदार्थको औसत घनत्व पृथ्वीको तुलनामा निकै कम हुन्छ । साथै, यो सफा वातावरणमा अवरोधको सम्भावना पनि हुँदैन । यहाँसम्म कि गुरुत्वाकर्षण बलले पनि क्वान्टम कम्युनिकेशन नेटवर्कलाई प्रभावित गर्न सक्दैन ।

फिजिकल रिभ्यू डीमा प्रकाशित शोधका अनुसार एलियन एक–अर्कासँग कुरा गर्नका लागि क्वान्टम नेटवर्कको प्रयोग गरिरहेको छ वा यसैमार्फत् हामीसँग सम्पर्क गर्ने कोसिस गरिरहेको छ । यद्यपि, यी सबै अनुमान हुन् तर यसले खगोलविद्लाई एलियन जीवनको खोजी अन्य तरिकाले पनि गर्न सकिन्छ भन्ने संकेत दिएको छ ।

अनुसन्धानकर्ताका अनुसार क्वान्टम सिग्नललाई डिकोड गर्नका लागि राम्रो क्वान्टम कम्प्युटरको आवश्यकता हुनेछ । यद्यपि, क्वान्टम कम्युनिकेशन पनि कुनै जादु होइन । सूचना अहिले पनि प्रकाशको गतिभन्दा तेज चल्न सक्दैन । त्यसैले प्रसारणलाई आफ्नो गन्तव्यसम्म पुग्न थुप्रै वर्ष लाग्न सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप