रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा इन्स्योरेन्सबीच गाभिने प्रारम्भिक सम्झौता
बुधबार, २९ असार २०७९, १० : ३५
रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिको बैठकले सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडसँग एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा प्रारम्भिक समझदारी पत्रको मस्यौदा स्विकृत गरेको छ ।
सो समझदारी पत्रमा हस्ताक्षर गर्न तथा आवश्यक सम्पूर्ण प्रक्रिया सम्पन्न गर्नका लागि कम्पनीका सञ्चालक समितिका सदस्य भरतकुमार तोदीलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि गरेको छ ।
सोही अनुसार आज बिहान नक्साल आयोजित एक समारोहका बीच रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडबीच एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा रिलायन्स इन्स्योरेन्सको तर्फबाट संचालक भरत कुमार तोदी र सानिमा इन्स्योरेन्सको तर्फबाट संचालक घनश्याम थापाले हस्ताक्षर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण