मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा इन्स्योरेन्सबीच गाभिने प्रारम्भिक सम्झौता

बुधबार, २९ असार २०७९, १० : ३५
बुधबार, २९ असार २०७९

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिको बैठकले सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडसँग एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा प्रारम्भिक समझदारी पत्रको मस्यौदा स्विकृत गरेको छ । 

सो समझदारी पत्रमा हस्ताक्षर गर्न तथा आवश्यक सम्पूर्ण प्रक्रिया सम्पन्न गर्नका लागि कम्पनीका सञ्चालक समितिका सदस्य भरतकुमार तोदीलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि गरेको छ । 

सोही अनुसार आज बिहान नक्साल आयोजित एक समारोहका बीच रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडबीच एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा रिलायन्स इन्स्योरेन्सको तर्फबाट संचालक भरत कुमार तोदी र सानिमा इन्स्योरेन्सको तर्फबाट संचालक घनश्याम थापाले हस्ताक्षर गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप