शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

उपराष्ट्रपति पुत्र दिपेश आइसियुमा

आइतबार, २४ मङ्सिर २०७४, १९ : ५०
आइतबार, २४ मङ्सिर २०७४

काठमाडौं । उपराष्ट्रपति नन्द बहादुर पुनका पुत्र दिपेश पुन सवार गाडी रोल्पाबाट काठमाडौ आउदै गर्दा रोल्पाको सातदोबाटोमा ब्रेक फेल भएर दुर्घटना भएको छ । गाडी पुनका साथी मानप्रसाद विकले चलाएका थिए । 

पुन भने गाडिको पछाडि को सिटमा सुतिरहेको अवस्थामा गाडी दुर्घटना हुदा घाइते भएको दिपेशका दाई जितेन पुनले बताए । 

गाडीमा रहेका उपराष्ट्रपतिका प्रेससल्लाहकार मनोज घर्ती मगर र चालक भने सकुसल रहेको दाई पुनले बताए । 

पछाडि अर्को गाडिमा पुनका दाई जितेन आइरहेका थिए । उनलेनै भाइलाई आफ्नो गाडीमा भालुवाङ पुगाएका थिए  । भालुवाङबाट हेलिकप्टरमा काठमाडौ उपचार गर्न ल्याएको छ । उनको उपचार काठमाडौको ग्राण्डीमा उपचार भइरहेको छ । 

दुर्घटनाबाट टाउकोको बाँया भागमा चोट लाग्दा रगत जमेको उपचारमा संलग्न डाक्टरले बताएको पारिवारिक स्रोतले बतायो । 

उनलाई दुई दिन आइसियुमा राख्नु पर्ने अस्पतालले बताएको पारिवारिक स्रोतले बतायो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप