उपराष्ट्रपति पुत्र दिपेश आइसियुमा
काठमाडौं । उपराष्ट्रपति नन्द बहादुर पुनका पुत्र दिपेश पुन सवार गाडी रोल्पाबाट काठमाडौ आउदै गर्दा रोल्पाको सातदोबाटोमा ब्रेक फेल भएर दुर्घटना भएको छ । गाडी पुनका साथी मानप्रसाद विकले चलाएका थिए ।
पुन भने गाडिको पछाडि को सिटमा सुतिरहेको अवस्थामा गाडी दुर्घटना हुदा घाइते भएको दिपेशका दाई जितेन पुनले बताए ।
गाडीमा रहेका उपराष्ट्रपतिका प्रेससल्लाहकार मनोज घर्ती मगर र चालक भने सकुसल रहेको दाई पुनले बताए ।
पछाडि अर्को गाडिमा पुनका दाई जितेन आइरहेका थिए । उनलेनै भाइलाई आफ्नो गाडीमा भालुवाङ पुगाएका थिए । भालुवाङबाट हेलिकप्टरमा काठमाडौ उपचार गर्न ल्याएको छ । उनको उपचार काठमाडौको ग्राण्डीमा उपचार भइरहेको छ ।
दुर्घटनाबाट टाउकोको बाँया भागमा चोट लाग्दा रगत जमेको उपचारमा संलग्न डाक्टरले बताएको पारिवारिक स्रोतले बतायो ।
उनलाई दुई दिन आइसियुमा राख्नु पर्ने अस्पतालले बताएको पारिवारिक स्रोतले बतायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण