६ सय ६३ सम्पदा पुनर्निर्माण सम्पन्न
भूकम्प गएको ७ वर्षपछि ६ सय ६३ सम्पदा पुनर्निर्माण सम्पन्न भएका छन्। पुरातत्त्व विभागका अनुसार २०७२ साल वैशाख १२ र २९ गते गएको शक्तिशाली भूकम्पका कारण मुलुकभर १ सय २० वटा सम्पदा क्षतिग्रस्त भएका थियो। तीमध्ये अब २ सय ५७ सम्पदा पुनर्निर्माण गर्न बाँकी रहेको विभागको भनाइ छ। विभागले हालसम्म ७२ प्रतिशत सम्पदाको पुनर्निर्माण सम्पन्न गरेको छ।
विभागका प्रवक्ता रामबहादुर कुँवरले क्षतिग्रस्त सम्पदाको पुनर्निर्माण सम्पन्न गर्न अझै ३ वर्ष लाग्ने जानकारी दिए। उनले भने, हामीले विसं २०८१ सालसम्म सम्पन्न गर्ने लक्ष राखेका थियौँ। अनुमान गर्दा २०८२ सम्ममा सकिएला जस्तो छ।' तथ्याङ्कअनुसार भूकम्पले २८ जिल्लाका १ सय २० सम्पदा क्षतिग्रस्त भएको थियो।
विभागले क्षति भएका १ सय २० सांस्कृतिक सम्पदाको मौलिक स्वरूपलाई यथावत् कायम राखी पुनर्निर्माण गरिएको प्रवक्ता कुँवरको भनाइ थियो। उनले आगामी आवमा सम्पदा पुनर्निर्माण गर्न करिब १ अर्ब ६० करोड रुपियाँ विनियोजन गरिएको जानकारी दिए। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन चिनियाँ राजदूतका चार प्रस्ताव
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
-
शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
-
विकास बाहिरबाट आयात गर्ने विषय होइन, नेपालको आफ्नै मोडल चाहिन्छ : शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण