बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बेंसीशहर नगरपालिकाद्वारा उत्कृष्ट २० जना कृषक पुरस्कृत

शनिबार, ३२ असार २०७९, ११ : ४८
शनिबार, ३२ असार २०७९

बेंसीशहर नगरपालिकाले नगरभित्रका उत्कृष्ट २० जना कृषकलाई सम्मान तथा पुरस्कृत गरेको छ । नगरपालिकाले आर्थिक वर्ष ०७८/०७९ को कार्यक्रमबाट ‘उत्कृष्ट मेयर सम्मान तथा पुरस्कारस्वरुप शुक्रबार २० जना कृषकलाई सम्मानपत्र तथा नगर जनही १०१० हजारबाट पुरस्कृत गरेको हो ।

नगरपालिका कृषि शाखा र पशुपंक्षी तथा मत्स्य विकास शाखाको कार्यक्रमबाट सम्मान तथा पुरस्कृत हुनेमा तरकारी खेती, बाख्रापालन, भैसी पालनतर्फ, घुम्ति गोठ भेडा पालन, सुँगुर पालन र मौरीपालनमा उत्कृष्ट गर्ने किसानलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको हो ।

सम्मान तथा पुरस्कृत हुनेमा वडा नम्बर १ बाट देवीमाया खवास, गुणराज दवाडी, सीताराम लोहनी, वडा नम्बर २ बाट दिपक पराजुली, दिपेन्द्र बोहरा, ज्ञानेन्द्र बोहरा, हिरासिंङ गुरुङ, गणेश खत्री, वडा नम्बर ३ बाट लक्ष्मी थापा, वडा नम्बर ६ बाट विश्वराज थापा, वडा नम्बर ७ बाट सुरज पौडेल, वडा नम्बर ८ बाट मानध्वज आलेमगर, लक्ष्मी पौडेल, वडा नम्बर ९ बाट कालीमाया घर्ती, शोभा खत्री, वडा नम्बर १० बाट जितबहादुर गुरुङ, बुद्धिराम गुरुङ, ज्योती राउत र वडा नम्बर ११ बाट दुर्गाबहादुर अधिकारी र  रामजी पाण्डे छन् ।

कार्यक्रममा नगर प्रमुख गुमानसिंह अर्यालले सीमित साधान र स्रोतका बाबजुद पनि नगरपालिकाले कृषि र पशुपालनको क्षेत्रका नतिजा देखिने गरी काम गर्दै आएको बताए ।   किसानहरुको मनोबल बढाउन सम्मान तथा पुरस्कृत गरेको उनको भनाई थियो ।  नगरप्रमुख अर्यालले किसानहरुको हित र ब्यवसाय प्रवर्द्धन गर्ने उदेश्यले आगामी बर्ष कृषि एम्बुलेन्स र हाट बजार सञ्चालन गर्न लागिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप