सुराकीबारे शेखरलाई खाँणको जवाफ : पोलिटिकल स्टन्ट आवश्यक छैन
शनिबार, ३२ असार २०७९, १५ : ५९

नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले पार्टी नेता शेखर कोइरालाले आफूमाथि सुराकी गरेको आरोपको जवाफ फर्काएका छन् । गृहमन्त्रीसमेत रहेका खाँणले पार्टीले केन्द्रीय समिति बैठकमा बोल्दै सुराकीको नाममा पोलिटिकल स्टन्ट नगर्न सुझाएका हुन् ।
उनले बैठकमा भने, 'गृह प्रशासनको नियमित ड्युटी अनुसार नै सूचना सङ्कलन हुन्छ। कसैको सुराकी/चियोचर्चा भएको भए त्यसै बेला भन्नुपर्थ्यो । छ महिना पछि मिडियामा पोलिटिकल स्टन्टको कुनै आवश्यक छैन ।'
केही दिनअघि बैठकमा धारणा राख्दै नेता कोइरालाले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले आफूमाथि सुराकी खटाएको आरोप लगाएका थिए ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज दुई वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प
-
उखुमा अनुदान कटौतीले मारमा किसान, चिनी उद्योग के होला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
-
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल
-
प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो