सुराकीबारे शेखरलाई खाँणको जवाफ : पोलिटिकल स्टन्ट आवश्यक छैन
शनिबार, ३२ असार २०७९, १५ : ५९
नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले पार्टी नेता शेखर कोइरालाले आफूमाथि सुराकी गरेको आरोपको जवाफ फर्काएका छन् । गृहमन्त्रीसमेत रहेका खाँणले पार्टीले केन्द्रीय समिति बैठकमा बोल्दै सुराकीको नाममा पोलिटिकल स्टन्ट नगर्न सुझाएका हुन् ।
उनले बैठकमा भने, 'गृह प्रशासनको नियमित ड्युटी अनुसार नै सूचना सङ्कलन हुन्छ। कसैको सुराकी/चियोचर्चा भएको भए त्यसै बेला भन्नुपर्थ्यो । छ महिना पछि मिडियामा पोलिटिकल स्टन्टको कुनै आवश्यक छैन ।'
केही दिनअघि बैठकमा धारणा राख्दै नेता कोइरालाले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले आफूमाथि सुराकी खटाएको आरोप लगाएका थिए ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

