वामपन्थी एकताका लागि नारायणकाजीलाई ओलीको शर्त
नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस नेतृत्वको सरकार छाडेर एकताका लागि आउन वामपन्थी राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । काँग्रेसको पुच्छर बनेर हिँड्ने, अनि वामपन्थीबीच एकता गरेर जाने कुरा भने हुनै नसक्ने अध्यक्ष ओलीको भनाई थियो ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वामपन्थी एकताका लागि ओलीलाई आग्रह गरेका थिए । त्यसको जवाफ दिँदै उनले काँग्रेस नेतृत्वको सरकार छाडेर आए मात्रै वामपन्थी दलहरूबीच एकताका लागि आफू र आफ्नो पार्टी तयार हुने सर्त तेर्स्याएका हुन् ।
अध्यक्ष ओलीले कम्युनिष्ट नेतृत्वको सरकार ढालेर हिँड्नेहरू वामपन्थी हुनै नसक्ने जिकिर गर्दै यदि छन् भने एकताका लागि आफू तयार रहेको पटकपटक बताए । उनले काँग्रेसलाई छोडेर बाम एकताका लागि आउने हो भने आफूले मुलुकको हितमा काम गर्ने सरकार बनाउन चाहेको पनि बताए ।
अध्यक्ष ओली भने, ‘नेपालमा वामपन्थी पार्टीहरू छन् भने काँग्रेसका पछि नलाग्न, गठबन्धन छाड्न, देशघाती काम नगर्न, अनि एसपीपी नगर्न र वामपन्थी एकतामा आउन आग्रह गर्दछु । चौरीको पुच्छरजस्तो काँग्रेसको पुच्छर भएर हिँड्ने अनि वामपन्थी पार्टी भनेर हुन्छ ? खै, वामपन्थी पार्टी ? कम्युनिस्ट सरकार ढालेर काँग्रेस नेतृत्वको सरकार बनाउनुपर्छ भनेर अदालतमा धाउनेहरू वामपन्थी ? म आग्रह गर्न चाहन्छु–कोही वामपन्थी हुनुहुन्छ भने आउनुस्, गल्ती भइहाल्यो छोडिदिऊ । एमालेसँग मिलेर काँग्रेस विरोधी होइन, देशको पक्षमा, लोकतन्त्रको पक्षमा उभिएर काम गर्ने सरकार बनाऔँ ।’
ओलीले नेपालको इतिहासमै सबैभन्दा बढी मुलुकको राष्ट्रियता र स्वाभिमानमाथि हुर्मत लिने काम गरेको भन्दै सरकारको चर्को आलोचना गरे । २००७ सालदेखि २०१२ सालसम्म पनि नेपालको राष्ट्रियतामाथि ठूलै प्रहार गरेको उल्लेख गर्दै उहाँले त्यसयता वर्तमान काँग्रेस नेतृत्वको सरकारले पनि मुलुकको राष्ट्रियतालाई कमजोर बनाएको आरोप लगाए ।
अध्यक्ष ओलीले भने, ‘हाम्रो देशभक्ति बनावटी कुरा होइन । हुनुहुँदैन । बनावटी कुराले राष्ट्रहितको संरक्षण र सम्वर्द्धन गर्न सकिँदैन । अहिलेको सरकारको हालत हुन्छ बनावटी कुरा गर्यो भने । असंलग्न भन्दै गर्यो, ढल्किन हुन्न भन्दै गर्यो, पुरै ढल्क्यो । अहिलेकै सरकारको हालत हुन्छ क्या । नेपालको विदेशी नीति २००७ देखि २०१२ सालसम्म धेरै तल गयो । त्यसपछि बढ्दै घट्दै आयो होला । अहिलेको समयमा यो गठबन्धन सरकारले जति सात १२ पछि अहिले जति राष्ट्रियताको, स्वाभिमानको, हाम्रो भौगोलिक अखण्डताको, हाम्रो स्वतन्त्रताको, हाम्रो सार्वभौमसत्ताको अपमान र हुर्मत कहिल्यै पनि भएको थिएन । प्रमाणसम्मत कुरा गरौँन । तथ्यसम्मत कुरा गरौँन । सात सालपछि सम्झौता क-कसले गरे, केके गरे ? नेपाली काँग्रेसका नेताहरूलाई सम्झौताबारे थाहा पनि छैन होला ।’
तथ्य र प्रमाणहरू आफूसँग भएको उल्लेख गर्दै ओलीले नाकाबन्दी र नेपालको नक्सा राष्ट्रको हितमा परिवर्तन गर्दा आफूले दुई पटक नै सरकारको नेतृत्व छोड्नु परेको गुनासो समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
