हीराको हार पाउने प्रलोभनमा महिलाहरू ठगिँदै
हीराको हार पाउने प्रलोभनमा महिलाहरू ठगिन थालेका छन्। मुलुकबाहिर रहेका गिरोहले नेपालका विभिन्न स्थानमा सञ्जाल फैलाउँदै महिलासँग सामाजिक सञ्जालबाट जोडिँदै नजिकको नाता कायम राखेर गहना उपलब्ध गराएको बताउँदै ठगी गर्ने गरेका खुल्न आएको हो।
ठगिएको उजुरी बोकेर आएका महिलाका अनुसार गहना र रकम पाउने प्रलोभनमा पर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। केही सातादेखि आफू ठगिएको महसुस गरेका महिलाहरूको जाहेरीका आधारमा सुरु गरिएको अनुसन्धानले देशका धेरै स्थानमा गिरोहद्वारा महिला प्रलोभनमा परेर ठगिने गरेको सूचना आएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी चक्रराज जोशी भन्छन्, 'एकजना महिलाले आफू ठगिएको भन्दै दिएको जाहेरीका आधारमा तीन जना पक्राउ परेका छन्। उनीहरूबाट प्राप्त सूचनाका आधारमा गरिएको अनुसन्धानले धेरै व्यक्ति ठगिने गरेका छन् ।' आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन चिनियाँ राजदूतका चार प्रस्ताव
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
-
शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
-
विकास बाहिरबाट आयात गर्ने विषय होइन, नेपालको आफ्नै मोडल चाहिन्छ : शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण