स्कटल्यान्डसँग खेल्दै नेपाल
आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले आज आइतबार अन्तिम खेल खेल्दैछ । सिरिजअन्तर्गत दुई खेलमा पराजित नेपाल आजको खेलमा जित निकाल्ने योजनामा छ ।
घरेलु टोली स्कटल्यान्ड र नेपालबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । आजको खेलमा सहज जित निकाल्दै नेपाल सिरिजको अन्त्य गर्ने योजनामा छ । स्कटल्यान्डविरुद्धको पहिलो खेलमा सहज जित निकालेको नेपाल आजको खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै सहज जित निकाल्न चाहन्छ ।
यसअघिको खेलमा नेपालले स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । आजको खेलमा जित निकाले नेपाल तालिकाको पाँचौँ स्थानमा उक्लने छ। यता स्कटल्यान्ड आजको खेलमा नेपाललाई हराउँदै पहिलो हारको बदला लिने दाउमा हुनेछ । स्कटल्यान्ड आजको खेलमा जित निकाल्दै सिरिजको अन्त्य गर्ने योजनामा छ ।
नेपालले सिरिजमा नामिबियासँग दुबै खेलमा हार व्यहोरेको छ । पहिलो खेलमा नेपाल नामिबियासँग ४० र सिरिजको तेस्रो खेलमा ६३ रनले पराजित भएको थियो । नेपाल लिग टू को अङ्क तालिकाको छैटौं स्थानमा छ । नेपालले १९ खेलमा १७ अङ्क जोडेको छ । दोस्रो स्थानमा रहेको स्कटल्यान्डले २३ खेलमा ३२ अङ्क जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण