विशेष नागरिक पुरस्कार तथा सम्मान प्रदान
सामाजिक रुपान्तरणका लागि नागरिक समाजको १६ औँ वार्षिकोत्सवका अवसरमा कला, साहित्य, सङ्गीत र पत्रकारिता विधामा ‘विशेष नागरिक पुरस्कार तथा सम्मान–२०७९’ प्रदान गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङबाट सामाजिक रूपान्तरणमा विशेष योगदान पुर्याउने व्यक्तित्व तथा राष्ट्रव्यापी प्रतियोगितामा सहभागी हुने प्रतियोगिताका विजेतालाई सो सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा सामाजिक रूपान्तरणमा प्रतिबद्धतासहित नवीनतम र अद्वितीय योगदान दिने वरिष्ठ छाती रोग विशेषज्ञ तथा नेपाल सरकारका पूर्वसचिव डा दीर्घसिंह बम, गुरु रिम्पोचे कोषका अध्यक्ष आनी भीमसुवा गुरुङ, वरिष्ठ परम्परागत आयुर्वेदिक चिकित्सक रामलाल वैद्य, गीतकार प्राज्ञ उन्नति बोहोरा ‘शीला’लाई ‘विशेष नागरिक सम्मान–२०७९’ प्रदान गरिएको छ ।
यस्तै वरिष्ठ समाजसेवी तथा खेलकुद पत्रकार पुष्पदास श्रेष्ठ, वरिष्ठ वृत्तचित्र सम्पादक मानबहादुर थापा, वरिष्ठ छायाँकारद्वय विश्वनाथ आचार्य र देवु राजवंशी, सञ्चारकर्मी शङ्कर रोक्का र तबलावादक कुन्दन शाह शङ्करलाई सम्मानित गरियो ।
पुरस्कृत हुनेहरुमा वरिष्ठ वृत्तचित्र निर्देशक एवं सम्पादक लव प्याकुरेल, साहित्यकार भीष्मराज फुलारा, एड्भेन्चर डाइरेक्टर नवीन त्रिताल, सञ्चारकर्मी तथा मानवअधिकारकर्मी राजनप्रसाद कुइँकेल, टेलिभिजन प्रस्तोताद्वय मनोज जोशी र विकास थपलिया, सङ्गीतकारद्वय ओमप्रकाश राई र राजु शर्मा नेपाली रहेका छन् ।
यसैगरी लोक देउडा गायक दीपेन्द्रप्रसाद दाहाल, चलचित्र छायाँकार दिव्य सुवेदी, शृङ्गार कलाकार गीता शाह, चलचित्र अभिनेता पृथ्वीराज प्रसाईं, चलचित्र निर्देशक खुमबहादुर सुनार, सञ्चारकर्मी कोमलनाथ अधिकारी, लघु चलचित्र निर्देशक अमरबहादुर विश्वकर्मा, नृत्य निर्देशक राजकुमार दर्जी, आधुनिक लोक गायिका सुजाता केसी र अभिनेत्री आशा भुसालले पनि पुरस्कार प्राप्त गरे ।
निर्णायक समितिका प्रमुख वरिष्ठ चलचित्रकर्मी तथा सामाजिक अभियानकर्मी सुमन रिमालले प्रदेश छनोट समितिले उपलब्ध गराएको नामावलीलाई अन्तिम नतिजाका लागि निर्णायक समितिमा पेस गरेको र निर्णायक मण्डलको सर्वसम्मतिले विजेताको अन्तिम नतिजा प्रकाशन गरिएको जनाए ।
प्रदेश छनोट समितिमा पत्रकार माधवप्रसाद तिवारी संयोजक तथा पत्रकार रेवतीरमण खनाल, नेपाल चलचित्र प्राविधिक सङ्घका अध्यक्ष तथा समाजसेवी पुष्कर लामा (प्रेम भोम्जम), नेपाल चलचित्र पत्रकार सङ्घका उपाध्यक्ष जीवन पराजुली र पत्रकार गोकर्ण बराल निर्णायक सदस्य रहनुभएको सामाजिक रुपान्तरणका लागि नागरिक समाजका अध्यक्ष यामबहादुर जिसीले बताए ।
कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सङ्गीतकार तथा वरिष्ठ चलचित्रकर्मी मुरलीधर, सङ्घीय सांसद नारायण मरासिनी, नेपाली जनता दलका सङ्घीय अध्यक्ष अनुप पहाडी, उच्च शिक्षा तथा विद्यालय सङ्घ नेपाल (हिसान) का उपाध्यक्ष रामहरि सिलवाल लगायतले सम्मानित र पुरस्कृतलाई शुभकामना दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
-
एमाले कार्यदलको बैठकमा ओली पनि सहभागी
-
युएईका व्यपारमन्त्री थानी र परराष्ट्रमन्त्री खनालबिच भेटवार्ता
-
सरकारका सय दिनका उपलब्धिबारे संसद्लाई जानकारी
-
स्टोक्सको संन्यास घोषणाको भिडियो सार्वजनिक गरेपछि ईसीबी विवादमा, आईसीसीद्वारा नियम मिचेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण