युएईका व्यपारमन्त्री थानी र परराष्ट्रमन्त्री खनालबिच भेटवार्ता
सारांश
- संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेयुदी नेतृत्वको प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेको छ ।
- भेटघाटमा नेपाल र संयुक्त अरब इमिरेट्सबिचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा गहन छलफल भएको छ ।
- व्यापार, लगानी, एआइ, डिजिटल रूपान्तरण, पर्यटन, श्रम बसाइँसराइ, पूर्वाधार विकास, नवीकरणीय ऊर्जा लगायतका विषयमा छलफल भएको छ ।
काठमाडौँ । संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापार मन्त्री डा.थानी बिन अहमद अल जेयुदी नेतृत्वको प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेको छ । परराष्ट्र मन्त्रालयमा बिहीबार भएको भेटघाटमा नेपाल र संयुक्त अरब इमिरेट्सबिचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा गहन छलफल भएको मन्त्रालयले जनाएको छ ।
विशेषगरी व्यापार, लगानी, एआइ, डिजिटल रूपान्तरण, पर्यटन, श्रम बसाइँसराइ, पूर्वाधार विकास, नवीकरणीय ऊर्जा लगायतको विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
युएईको ‘सोभरेन वेल्थ फन्ड’ मार्फत नेपालमा लगानी वृद्धि गर्ने विषयमा पनि दुई पक्षको बिचमा कुराकानी भएको बताइएको छ । परराष्ट्र मन्त्री खनालले दुई देशबिचको मित्रता र बढ्दो सहकार्यको बारेमा आफ्नो धारणा राखेका थिए । छलफलमा उनले नेपालको कन्सुलर सेवा विभागबाट प्रमाणित भइसकेको नेपाली नागरिकहरूको प्रहरी प्रतिवेदनलाई युएई सरकारले पुनः प्रमाणीकरण गर्नुपर्ने विद्यमान व्यवस्थालाई हटाएर प्रक्रिया सहज बनाइ दिन आग्रह गरेको जनाएको छ ।
नेपाल र युएईबिच स्थापना हुन लागेको कूटनीतिक सम्बन्धको स्वर्ण जयन्तीलाई विशेष उत्सवको रूपमा मनाउने सरकारको योजना रहेको जानकारी मन्त्री खनालले गराएका थिए ।
सो अवसरलाई विशेष बनाउन नेपालका विभिन्न विकास आयोजनाहरूमा युएईको लगानी भित्र्याउन नेपालको चाहना रहेको मन्त्री खनालले उल्लेख गरेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानको तटीय क्षेत्रमा फेरि विस्फोट, सैन्य अड्डा आसपास आक्रमण भएको आशङ्का
-
पोखरा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा शोभा गौतमको उम्मेदवारी घोषणा
-
अली खामेनीको अन्त्येष्टि परिवारका सदस्यमा सीमित हुने
-
पूर्वमुख्यमन्त्री सोडारीविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइ स्थगित
-
राष्ट्रिय सभामा चार विधेयकमाथि समितिको प्रतिवेदन पेस
-
स्पष्ट प्राथमिकता बिना संविधान संशोधन अघि बढाइएकोमा गगन थापाको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण