अमेरिकाको एक मलमा गोली चल्यो, ३ जनाको मृत्यु

अमेरिकाको इन्डियाना राज्यको एउटा मलमा भएको बन्दुक हमलामा तीन जनाको मृत्यु भएको छ । आइतबार भएको सो हमलामा अन्य तीन जना घाइते भएका छन् । ‘आइतबार साँझ ग्रीनवुड पार्क मलमा सामूहिक गोलाबारी भएको छ’, ’ ग्रीनवुड, इन्डियानाका मेयर मार्क मायर्सले एक विज्ञप्तिमा भने, ‘आक्रमणमा तीन जनाको मृत्यु भएको छ र अन्य तीन घाइते छन् ।’ सुरक्षाकर्मीको जबाफी फायरमा आक्रमणकारी मारिएको उनले बताए ।
ग्रीनवुड पुलिसले आफ्नो फेसबुक पेजमा उक्त घटनाका प्रत्यक्षदर्शीलाई आवश्यक जानकारीका साथ विभागमा सम्पर्क गर्न अनुरोध गरेको छ । यो आक्रमण अमेरिकामा बन्दुक हिंसाको लहरमा सबैभन्दा पछिल्लो घटना हो, जहाँ बन्दुक आक्रमणमा हरेक वर्ष ४० हजार जनाको मृत्यु हुन्छ ।
जुलाई ४ मा शिकागोस्थित एउटा परेडमा अन्धाधुन्ध गोली चलाउँदा ७ जनाको मृत्यु हुनुका साथै कम्तीमा तीन दर्जन घाइते भएका थिए । आक्रमणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एउटै उद्योगले लिने धेरै सुविधा पुनरावलोकन गर्न महालेखाको सुझाव
-
कुलेखानी–कलङ्की–हुमाने सडक आजदेखि १९ दिन बन्द
-
महालक्ष्मीको बार आज कसलाई कति फलदायी ? हेर्नुहोस् राशिफल
-
आजको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्रीले जवाफ दिने
-
काठमाडौंमा आजदेखि ‘सगरमाथा संवाद’, १७५ विदेशी पाहुना नेपालमा
-
कति पुग्यो डलरको मूल्य ? के छ विदेशी मुद्राको दरभाउ ?