अमेरिकाको एक मलमा गोली चल्यो, ३ जनाको मृत्यु
अमेरिकाको इन्डियाना राज्यको एउटा मलमा भएको बन्दुक हमलामा तीन जनाको मृत्यु भएको छ । आइतबार भएको सो हमलामा अन्य तीन जना घाइते भएका छन् । ‘आइतबार साँझ ग्रीनवुड पार्क मलमा सामूहिक गोलाबारी भएको छ’, ’ ग्रीनवुड, इन्डियानाका मेयर मार्क मायर्सले एक विज्ञप्तिमा भने, ‘आक्रमणमा तीन जनाको मृत्यु भएको छ र अन्य तीन घाइते छन् ।’ सुरक्षाकर्मीको जबाफी फायरमा आक्रमणकारी मारिएको उनले बताए ।
ग्रीनवुड पुलिसले आफ्नो फेसबुक पेजमा उक्त घटनाका प्रत्यक्षदर्शीलाई आवश्यक जानकारीका साथ विभागमा सम्पर्क गर्न अनुरोध गरेको छ । यो आक्रमण अमेरिकामा बन्दुक हिंसाको लहरमा सबैभन्दा पछिल्लो घटना हो, जहाँ बन्दुक आक्रमणमा हरेक वर्ष ४० हजार जनाको मृत्यु हुन्छ ।
जुलाई ४ मा शिकागोस्थित एउटा परेडमा अन्धाधुन्ध गोली चलाउँदा ७ जनाको मृत्यु हुनुका साथै कम्तीमा तीन दर्जन घाइते भएका थिए । आक्रमणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण