महानगरपालिकाको बजेटमा एनिमेसनका लागि पाँच करोड
काठमाडौं महानगरपालिकाको बजेट पुस्तिकामा एनिमेसनका लागि पाँच करोड रुपियाँको ठूलो राशि छुट्याइएको सन्दर्भमा प्रश्न गर्दा त्यहाँका अधिकारीहरूले मेयर बालेन्द्र साहलाई सोध्नुस् भन्ने जवाफ दिएको आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ। मेयर साहले आफ्नै मनखुसीले एनिमेसन भिडियो सिरिज शीर्षकमा पाँच करोड बजेट विनियोजन गरेको अधिकारीहरूको भनाइ छ। एउटै शीर्षकमा यतिधेरै बजेट व्यवस्था गरेकोमा महानगरका कर्मचारी अचम्मित भएका छन्। अधिकांश उच्च तहका कर्मचारीलाई यो बजेट केका लागि हो भन्ने जानकारी भएको पनि पाइएन।
मेयर साहले सूचना प्रविधि विभागअन्तर्गत सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रको यातायात प्रविधि उपक्षेत्रमा यो विषय समावेश गरिएको छ। बजेट तथा कार्यक्रमका १२७१ नम्बरको बुँदामा उक्त विषय समावेश गरिएको छ। बजेट छलफल हुँदा यो विषय समावेश भएको थिएन, अकस्मात बजेटमा उल्लेख भएर आयो-कामपका उच्च अधिकारीले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कान्ति लोकपथ राति अस्थायी रूपमा बन्द
-
डिजिटल विज्ञापनदेखि एआई ‘डिपफेक’सम्म नियमन गर्ने राष्ट्रिय विज्ञापन नीति स्वीकृत
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतको आपत्ति
-
एउटै विद्यालयमा तीन वर्ष पूरा भएका शिक्षकको सरुवा अनिवार्य, केहीलाई भने छुट
-
आङ सान सुकीको अवस्था अज्ञात
-
न्युजिल्याण्ड पठाउने प्रलोभनमा ९ लाख ८० हजार ठगी गर्ने भारतीय नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण