बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

न्युजिल्याण्ड पठाउने प्रलोभनमा ९ लाख ८० हजार ठगी गर्ने भारतीय नागरिक पक्राउ

बिहीबार, १८ असार २०८३, २० : ३१
बिहीबार, १८ असार २०८३

सारांश

  • वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाइदिने प्रलोभनमा ९ लाख ८० हजार ठगी गर्ने भारतीय नागरिक संजय कुमार पक्राउ परेका छन्।
  • कुमारले आकर्षक तलबको प्रलोभन देखाएर एक पीडितबाट उक्त रकम असुल गरेको प्रहरीले जनाएको छ।
  • ठगीमा परेका पीडितको जाहेरीपछि प्रहरीले कुमारलाई काठमाडौँको वडा नं १६ बाट पक्राउ गरी थप कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाएको छ।

काठमाडौँ । वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाइदिने प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ४२ वर्षीय भारतीय नागरिक संजय कुमारलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार कुमारले आकर्षक तलबको प्रलोभन देखाई वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड लैजाने भन्दै एक जना पीडितबाट ९ लाख ८० हजार रुपैयाँ असुल गरेका थिए।

रकम लिएपछि लामो समयसम्म झुक्काएर राखेको र अन्ततः सम्पर्कविहीन भएपछि पीडितले प्रहरीमा जाहेरी दिएका थिए।

भारतको बिहार राज्य, गोपालगंज स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं. १८ मा बस्दै आएका कुमारलाई २०८३ असार १७ गते काठमाडौँको वडा नं १६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरी उपरीक्षक शरद कुमार थापा क्षेत्रीले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?