आजबाट काठमाडौंमा कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खाेप लगाइने
मङ्गलबार, ०३ साउन २०७९, ०६ : ३०

आजबाट काठमाडौंमा १८ वर्षमाथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप दिइने भएको छ । जिल्लाका सबै स्वास्थ्य संस्थाबाट कोरोनाविरुद्धको कोभिशिल्ड खोपको बुस्टर मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।
आजबाट ६ गतेसम्म बुस्टर खोप अभियान सञ्चालन हुनेछ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म काठमाडौंका सबै स्वास्थ्य संस्थामा खोप कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
दोस्रो मात्रा खोप लगाएको तीन महिना पुगेकाले बुस्टर खोप लगाउन मिल्छ । ज्वरो आइरहेका र अरू कारणले बिरामी भएकालाई खोप नलगाउन डाक्टरले सुझाव दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिव परियारको नयाँ गीत ‘अजम्बरी माया’ सार्वजनिक
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
कांग्रेस लुम्बिनी प्रदेश सभापतिद्वारा बजेटको विरोध, अनधिकृत स्थलमा बजेट बनाएको आरोप
-
सात हलमा ‘अञ्जिला’ले मनायो सय दिन
-
प्रधानमन्त्री ओलीले सम्झिए दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण गर्दाका क्षण
-
ग्वार्को ओभरपास : अल्पकालीन राहत तर दीर्घकालीन समाधानका लागि सोचौँ