आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

मङ्गलबार, ०३ साउन २०७९, ०७ : ३१
मङ्गलबार, ०३ साउन २०७९

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ । नयाँ मूल्यसूची अनुसार अधिकांश तरकारी र फलफूलको मूल्य वृद्धि भएको छ । 

मंगलबार रातो आलुको मूल्य प्रतिकेजी ५४ रुपैयाँ ५० पैसा रहेको छ ।  त्यसैगरी अदुवा प्रतिकेजी ५५ रहेको छ । अनार ३९०, आँप मालदह प्रतिकेजी १९० रुपैयाँ  र केरा दर्जनको १८० रुपैयाँ तोकिएको छ । 

स्थानीय काउली ११० रुपैयाँ, कागती २७५ रुपैयाँ, कुरिलो २५० रुपैयाँ र लोकल सानो गोलभेँडा ५० रुपैयाँ  २० पैसा प्रति केजी तोकिएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप