नेटफ्लिक्सले १० लाख सब्सक्राइबर गुमायो
नेटफ्लिक्सले स्ट्रिमिङ प्ल्याटफ्रमको राजाको रुपमा आफ्नो ताज कायम राख्न सङ्घर्ष गर्न परिरहेको छ । गत अप्रिलदेखि जुलाई महिनाको बीचमा कम्पनीले करिब १० लाख सब्सक्राइबर गुमाएको हो ।
यद्यपि यो सङ्ख्या कम्पनीले अपेक्षा गरे जति भने होइन । चर्चित सिरिज स्ट्रेन्जर थिंग्सले प्रयोगकर्ताहरूलाई बाँधेर राख्न सफल भएको थियो । कम्पनीले यो वर्षको अन्त्यदेखि भने प्रयोगकर्ताहरू बढ्ने प्रक्षेपण गरेको छ ।
गत अप्रिलमा कम्पनीले पहिलोपटक आफ्ना प्रयोगकर्ता घटेको रिपोर्ट सार्वजनिक गरेको थियो । त्यसपछि कम्पनीले धेरैलाई जागिरबाट समेत निकालेको थियो । मंगलबार सार्वजनिक गरेको नयाँ तथ्याङ्कमा अमेरिका र क्यानडाबाट कम्पनीले सबैभन्दा धेरै प्रयोगकर्ता गुमाएको छ भने युरोपबाट पनि धेरै प्रयोगकर्ता बाहिरिएका छन् ।
मूल्य वृद्धिका कारण घाटा
नेटफ्लिक्सले पनि पछिल्ला केही समयमा ग्राहकका लागि मूल्य बढाएको छ, जसका कारण कम्पनीलाई नोक्सान भएको छ ।
अमेरिकामा दुईवटा डिभाइसमा एकैसाथ नेटफ्लिक्स चलाउने योजनाको मूल्य सन् २०१९ मा ११ डलर थियो, जुन २०२२ जनवरीमा १४ डलर भयो र अहिले १५.४९ डलर पुगेको छ ।
बेलायतमा पनि नेटफ्लिक्सले बेसिक र स्ट्यान्डर्ड योजनामा एक यूरोले बढाएको छ । अब महिनाको लागि आधारभूत योजना ६.९९ यूरो भएको छ र स्ट्यान्डर्ड योजना १०.९९ युरो भएको छ ।
जुनको अन्त्यसम्ममा कम्पनीका करिब २२ करोड ग्राहक थिए । कम्पनीको सम्भावनाप्रति लगानीकर्ता चिन्तित भएकाले यो वर्ष हालसम्म फर्मको सेयर मूल्यमा ६० प्रतिशतभन्दा बढी घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण