तयार हुँदैछ सत्यमोहन जोशीको ‘अन्तिम इच्छा’
शताब्दी पुरुष सत्यमोहन जोशीको अन्तिम इच्छाको रूपमा रहेको चक्रसंवर को पौभाः चित्र बनाउन अहिले ६ जना चित्रकार दैनिक ७ घण्टासम्म लागिपरेका छन् ।
चित्रकारहरूले लोक चित्रकारको नेतृत्वमा जोशीकै घरमा रहेको लोक साहित्य परिषद्को भवनमा उक्त चित्र बनाइरहेका छन् । उनीहरूले यो चित्र बनाउन सुरु गरेको करिब ५ महिना भइसक्यो । ६ महिना भित्र सक्ने भनिएको भए पनि काम सकिन अझै केही महिना लाग्ने यसमा संलग्न चित्रकारहरूले रातोपाटीलाई बताए ।
चित्रलाई अभ्यन्तर र बाहियन्तर दुई हिसाबले हेर्न सकिने यो चित्र बनाइरहेका चित्रकारहरूको दाबी छ । ‘बाहियन्तर भन्नाले मानिसको आँखाले देख्न सकिने कुरा हुन्। जस्तो– भगवान्‍मा कस्तो रङ्ग प्रयोग भएका छन्, के सामग्री बोकेका छन्, कस्ता बुट्टा कुँदेका छन्, प्रतीक के छ आदि। तर चित्रले बोक्ने कतिपय अर्थ शब्दले व्यक्त गर्न सकिन्न,’ चित्र बनाउन संलग्न रबिन महर्जनले रातोपाटीलाई भने ।
चक्रसंवर बौद्ध धर्म मान्नेहरूले तन्त्र विद्या अभ्यास गर्दा चाहिने चित्र हो। यसमा बज्रबाराही र सम्भरको संयोजन भएपछि एउटा चक्र पूरा हुन्छ जसलाई चक्रसंवर भनिन्छ ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण