गोल्डन ओक १२ औं कृति अवार्ड भदौ २६ मा हुने
गोल्डन ओक १२ औं कृति अवार्ड भदौ २६ मा हुने हुने भएको छ । नेपाल विज्ञापन संघ (आन) ले गर्दै आएको गोल्डेन ओक १२ औं कृति अवार्ड भदौ २६ गते हुने बुधबार घोषणा गरिएको हो । यस वर्षको कार्यक्रमको टाईटल स्पोनसर हिमालयन डिष्टिलरीको गोल्डेन ओक ब्राण्ड रहेको हो ।
संघका तर्फबाट अध्यक्ष्य सोमप्रसाद धिताल र कम्पनीका तर्फबाट जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशीन जोशीले हस्ताक्षर गरे । आनले हरेक बर्ष आयोजना गर्दै आएको उक्त कार्यक्रम कोभिड १९ महामारीका कारण विगत २ बर्ष हुन सकेको थिएन । कृति अबार्डस् बिज्ञापन क्षेत्र लगायत सम्र्पूण मिडिया र बिज्ञापनदाताहरुको सामुहिक उत्सवको रुपमा आयोजना गर्ने गरिएको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशीन जोशीले मुलुककै समग्र सञ्चार क्षेत्रको समसामयिक व्यवसायिक परिस्थिति झल्काउने यस प्रतिष्ठित कार्यक्रममा आप्mनो समूहलाई सहभागी गराउन पाएकोमा खुशी व्यक्त गरे । त्यसैगरी नेपाल विज्ञापन संघका अध्यक्ष सोमप्रसाद धितालले प्रमुख प्रायोजक हिमालयन डिष्टीलरी र गोल्डन ओक ब्राण्डलाई कार्यक्रम प्रायोजनका लागि धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि नेपाल विज्ञापन संघ र जावलाखेल ग्रुप अफ इण्डष्ट्रिज ब्रीचमा सहकार्य रही रहने विश्वास व्यक्त गरे ।
गोल्डेन ओक १२औं कृति अवार्डमा २०७६ वैशाख १ देखि २०७८ चैत्र मसान्तसम्म भए गरिएका विज्ञापन तथा प्रवर्द्धनात्मक रचना तथा कामहरूलाई समावेश गरिने छ । संघका सदस्य एजेन्सीहरुले २०७९ साउन ५ गते देखि भदौ ४ गते सम्म मनोनयन दर्ता गर्न सकिने कुरा पनि संघले जनाएको छ ।

सिर्जनशिलताको लागि प्रतिस्पर्धात्मक सम्मानका रुपमा आयोजना हुँदै आएको कृति अवार्डको १२औं संस्करणमा सिर्जनशीलता सम्बद्ध मेन स्ट्रीम, टेक्निकल र क्याम्पियन क्याटागोरीमा गरी विभिन्न ३१ विधामा पुरस्कृत गरिने छ । कार्यक्रममा परेका मनोनयनहरु छनौट तथा मूल्याङ्कनका लागि सूचना, सञ्चार, विज्ञापन र मार्केटिङ क्षेत्रका विज्ञ प्राडा विजय केसी, प्राडा भोजराज अर्याल र सुजनराजा श्रेष्ठ सम्मिलित ३ सदस्यीय प्रमुख निर्णायक मण्डल गठन गरिएको छ । यसका अतिरिक्त बिभिन्न विधामा परेको मनोनयनहरुलाई सम्बन्धित क्षेत्रका विज्ञ प्रतिष्ठित व्यक्तित्व तथा बिशेषज्ञहरु सहित करिब २५ जना संलग्न हुने छुट्टाछुट्टै निर्णायक समितिहरु रहनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
-
मन्त्रीविरूद्ध प्रदर्शन गर्ने विद्यार्थीहरू रिहा
-
सोमबार नागढुंगा सुरुङमार्गको उद्घाटन हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण