शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

को बन्ला प्रदेश नम्बर ४ को मुख्यमन्त्री ?

सोमबार, २५ मङ्सिर २०७४, १६ : ३०
सोमबार, २५ मङ्सिर २०७४

काठमाडौं–नेकपा एमालेका दुई प्रभावशाली नेताहरु प्रदेश नम्बर ४ बाट प्रदेशसभा सदस्यमा विजयी भएका छन् । 
एमालेका स्थायी समिति सदस्य तथा संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ लमजुङ प्रदेश सभा ख बाट २३ हजार ९ सय ८८ मत ल्याएर विजयी भएका छन् । 
उनले प्रदेश सभाको निर्वाचमा भोट भाग्दै आफूलाई आफ्नो पार्टीले प्रदेश नं ४को मुख्यमन्त्रीको जिम्मेवारी दिने दाबी गरेका  थिए ।  उनी अध्यक्ष केपी ओली निकट मानिन्छन् । 
यस्तै अर्का स्थायी समिति सदस्य किरण गुरुङ तनहुँ क्षेत्र नं २को प्रदेश सभा  ख बाट १५ हजार ६ सय ३० मत ल्याएर विजयी भएका छन् । उनी पनि एमालेका प्रभावशाली नेतामा गनिन्छन् । उनले पनि आफूले  जिते ४ नं प्रदेशको मुख्यमन्त्री बन्ने दाबी गर्दै आएका थिए । 
 उनी अहिले ४ नं प्रदेशको एमालेको इन्चार्ज पनि हुन् । 
४ नम्बरको प्रदेश सभामा एमालेले १४ स्थान जितेको छ । यसको जस लिने दाउमा किरण गुरुङ देखिन्छन् । उनी वामदेव गौतम नजिक मानिन्छन् । गौतमले संघकोलागि बर्दियाबाट पराजय भोग्नु परेको छ । आफू  पनि नभएपछि गौतमले किरण गुरुङलाई प्रदेश नं ४को मुख्यमन्त्रीको लागि अगाडि सार्ने देखिन्छ । 
यसकारण प्रदेश नं ४मा मुख्यमन्त्रीको लागि एमालेभित्र नै हानथाप हुने देखिन्छ ।  माओवादीबाट भने अहिलेसम्म त्यस्तो बेभीवेट नेता यो प्रदेशमा छैनन् । त्यसकारण एमालेकै यी दुई नेता मध्य एउटाले प्रदेशको जिम्मेवारी सम्हाल्दा अर्कोले सहयोगी भूमिका खेल्नु कतिपयको भनाई छ  । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप