पूर्वराष्ट्रपति राजापाक्षेलाई शरण होइन, १४ दिने भ्रमण पास दिइएको हो– सिंगापुर
बिहीबार, ०५ साउन २०७९, १० : ४३
सिंगापुरले श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेलाई १४ दिने भ्रमण पास प्रदान गरेको जनाएको छ ।
जुलाई १४ मा ‘निजी भ्रमण’मा देश प्रवेश गरेपछि छोटो अवधिको भ्रमण पास प्रदान गरेको सिंगापुरका अध्यागमन अधिकारीहरूले जनाएका छन् । ७३ वर्षीय राजापाक्षे १३ जुलाईमा श्रीलंकाबाट माल्दिभ्स र त्यसपछि सिंगापुर भागेका थिए । आर्थिक संकट निम्त्याएको आरोप लगाउँदै सरकारविरुद्ध जनआन्दोलन चर्किएपछि उनले राजीनामा दिएका थिए ।
राजापाक्षको सिंगापुर भ्रमणको बारेमा जारी गरिएको विज्ञप्तिमा उनलाई आगमनमा छोटो अवधिको भ्रमण पास प्रदान गरिएको जनाइएको छ ।
उनी १४ सिंगापुरमा पुगेपछि राजापाक्षेलाई १४ दिने भिजिट पास प्रदान गरेको दी स्ट्रेस टाइम्स पत्रिकाले जनाएको छ । राजापाक्षेले शरण नमागेको र उनलाई शरण नदिइएको विदेश मन्त्रालयका प्रवक्ताले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ठुलो मेहनतपछि कार्गो रेल आयो, यसलाई निरन्तरता दिनुपर्छ’
-
कार्गो रेलको व्यावसायिक सुरुवात र निरन्तरताको चुनौती
-
इरान सङ्कट समाधानका लागि अमेरिका अझै वार्तामा तयार: रुबियो
-
टोकियोले पुरुषहरूलाई कार्यालयमा हाफपाइन्ट्स लगाउन प्रोत्साहित गर्यो, समकक्षी महिला दिक्क
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
-
पाकिस्तानमा अनिश्चितकालीन हड्तालमा उत्रिए पेट्रोल पम्प सञ्चालक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण