वन मुद्दामा फरार २ जना प्रतिवादी पक्राउ
कर्णाली प्रदेश प्रहरी कार्यालयले वन मुद्दामा फरार दुईजना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको भेरीगंगा नगरपालिका–२ का ४० वर्षीया लोकबहादुर घर्ती र वीरेन्द्रनगर नगरपालिका–२ फलाटेका ४५ वर्षीय हरिबहादुर सुनार रहेका छन् ।
प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी हिराबहादुर पाण्डेका अनुसार घर्तीलाई वीरेन्द्रनगर नगरपालिका–१२ एयरपोर्ट नजिकबाट पक्राउ गरिएको हो । उनलाई जिल्ला अदालत सुर्खेतले वनसम्बन्धी मुद्दामा ६ महिना कैद सजाय र ६० हजार जरिवाना तोकेको थियो । तर उनी फरार भएका थिए ।
सुनारलाई उनकै घरबाट पक्राउ गरिएको पाण्डेले बताए । उनलाई वन मुद्दासम्बन्धी नै २ महिना ८ दिन कैद सजाय र रु. ९ हजार ८४८ रुपैया जरिवाना तोकिएको थियो । दुबै जनालाई प्रदेश प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएको प्रदेश ब्युरो टोलीले नियन्त्रणमा लिएको हो । दुबै जनालाई जिल्ला अदालतमा बुझाइएको पनि पाण्डेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार खुसी पार्न संयन्त्र केन्द्रित हुँदा नागरिक असुरक्षित : महर
-
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?
-
युक्रेन युद्ध थप चर्किने संकेत, युद्ध विस्तारको तयारीमा पुटिन
-
लागुऔषधसहित २० जना पक्राउ
-
बालेन सरकारलाई सांसद विष्टले भने, ‘इतिहास र सम्पत्ति जलाएर आएको राक्षसी सरकार’
-
सार्वजनिक सवारीमा जीपीएस, सीसीक्यामेरा र एआई निगरानी अनिवार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण