बालेन सरकारलाई सांसद विष्टले भने, ‘इतिहास र सम्पत्ति जलाएर आएको राक्षसी सरकार’
सारांश
- सांसद नरबहादुर विष्टले सरकार सुशासनको आडमा मनपरी गरिरहेको र सुकुमबासी, दलित, मधेसी तथा गरिब समुदायमाथि अन्याय गरिरहेको आरोप लगाएका छन्।
- उनले बालेन शाह नेतृत्वको सरकारलाई राष्ट्रको सम्पत्ति र इतिहास जलाएर आएको राक्षसी सरकारको संज्ञा दिएका छन्।
- सांसद विष्टले प्रहरी प्रशासनमाथि भइरहेको राजनीतिक हस्तक्षेपको विषयमा पनि प्रश्न उठाएका छन्।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्टले सरकारले सुशासनको नाममा मनपरी गर्न खोजिरहेको आरोप लगाउँदै त्यसको प्रतिवाद सडकबाट गरिने चेतावनी दिएका छन्।
शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले सरकारले सुकुमबासी, दलित, मधेसी तथा गरिब समुदायमाथि अन्याय गरिरहेको आरोप लगाएका हुन्।
उनले बालेन्द्र शाह नेतृत्वको सरकारलाई राष्ट्रको सम्पत्ति र इतिहास जलाएर आएको राक्षसी सरकारको संज्ञा समेत दिएका छन्। बैठकमा बोल्दै सांसद विष्टले ‘यो सरकार, सुकुम्बासी, दलित, मधेसी र गरिबमारा सरकार हो’ भन्दै आक्रोश पोखे।
उनले अगाडि भने, ‘यो राष्ट्र जलाएर आएको राक्षसी सरकार हो जस्तो लाग्छ मलाई। जसले राष्ट्रको सम्पत्ति जलायो, देशको इतिहास जलायो। आज त्यही इतिहासको नाममा कालो चस्मा र कालो कोट लगाएर फेरि नेपाली जनतालाई एकचोटी विद्रोह गर्न बाध्य पार्ने परिस्थिति सिर्जना गर्दैछ।’ सरकारले सुशासनको नाममा जथाभावी गर्न खोजेमा त्यसको प्रतिवाद सडकबाटै हुने भन्दै उनले सरकारको घोर भर्त्सना गरे।
उनले प्रहरी प्रशासनमाथि भइरहेको राजनीतिक हस्तक्षेपको विषयमा पनि प्रश्न उठाए। ‘एउटा डिएसपीले म नेपाल सरकारको प्रहरी हुँ भन्न नपाउने?’ भन्दै उनले गम्भीर प्रश्न गरे। ती डिएसपीले म प्रधानमन्त्रीको प्रहरी होइन भनेर भन्दै गर्दा उनलाई जिल्लामा झिकाइएको भन्दै विष्टले आपत्ति जनाए। यस्ता अत्याचारी क्रूर शासकका विरुद्धमा नेपाली जनता धेरै पर्खेर बस्न नसक्ने उनको भनाइ छ।
म नेपाल सरकारको प्रहरी हुँ, प्रधानमन्त्रीको प्रहरी होइन भन्ने अभिव्यक्ति दिएकै कारण डिएसपीलाई जिल्ला तानिएको घटनाप्रति उनले कडा खेद व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
-
नयाँ जलस्रोत विधेयक र तालिका निर्धारण नीतिको व्यवस्थाले ऊर्जा उद्यमी असन्तुष्ट, लगानीमा ब्रेक लाग्ने चिन्ता
-
डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको तयारी
-
नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई ढकालको आग्रह
-
विभागको कारबाहीमा पर्यो मिथिला थाली, २५ हजार रुपैयाँ जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण