समाजवादी केन्द्र निर्माणको तयारीबारे एमाले नेताले दिए यस्तो प्रतिक्रिया
नेकपा एमाले बाहेकका कम्युनिस्ट पार्टीहरूबीच समाजवादी केन्द्र गठनको तयारी भइरहेको छ । समाजवादी केन्द्र गठनको विषयलाई नेकपा एमालेले भने उदेश्य विहीन यात्राको संज्ञा दिएको छ ।
नेकपा एमालेका प्रचार विभागका उपप्रमुख विष्णु रिजालले उद्देश्यहीन यात्रीहरू बीचको एकताबाट समाजवादी होइन, महा-समाजवादी केन्द्र बनाए पनि त्यसले उत्साह पैदा नगर्ने दाबी गरेका छन् ।
सामाजिक सञ्जालमा रिजालले लेखेका छन् -'अधोगतितिर लम्किरहेका, जीवनको उत्तरार्द्धमा पुगेका, पटकपटक परीक्षण भइसकेका, आफ्नै असफलताका भारीले किचिएका, ईष्याले जल्दा जल्दै खुम्चिएका र उद्देश्यहीन यात्रीहरुबीचको एकताबाट समाजवादी होइन, महा-समाजवादी केन्द्र बनाए पनि त्यसले के उत्साह पैदा गर्दछ र ? मिलेरै चुनाव लड्दा हबिगत देखिएकै छ । कांग्रेसको पुच्छर समातेर वैतरणी तर्ने बाहेक अरु कुनै उपाय र उद्देश्य नभएका शक्तिहरु बीचको एकताले नेपालको कम्युनिस्ट आन्दोलनलाई के नै फरक पर्ला र ?'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
आज सुनको मूल्य प्रतितोला १२ सयले घट्यो
-
नाइजेरियाको बेनु राज्यमा बन्दुकधारीको आक्रमण, कम्तीमा १८ जनाको मृत्यु
-
सुरक्षा घेराभित्र लुकेर हिँड्ने अनाधिकृत पात्रहरूको आतंक बढ्यो : निश्कल राई
-
विशेष अदालतमा मुद्दा दायर भइसकेको राहदानी प्रकरणलाई धेरै नगिजोल्न रास्वपाको माग
-
ब्राजिलको सर्वोच्च अदालतले बोल्सोनारोका छोरालाई ९० दिन बुवासँग भेट्न रोक लगायो
-
राज्यसत्ता बिचौलिया र ‘नेपोकिड’ को कब्जामा जान लागेको भन्दै सांसद पुनद्वारा चिन्ता व्यक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण