मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नाइजेरियाको बेनु राज्यमा बन्दुकधारीको आक्रमण, कम्तीमा १८ जनाको मृत्यु

मङ्गलबार, ३० असार २०८३, ११ : ४३
मङ्गलबार, ३० असार २०८३

सारांश

  • नाइजेरियाको उत्तरी बेनु राज्यमा बन्दुकधारीको आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।
  • स्थानीय बासिन्दा र अधिकारीहरूका अनुसार आइतबार बिहान ओटुक्पो–नोबी समुदायमा बन्दुकधारी समूहले आक्रमण गरेको थियो ।
  • आक्रमणपछि आक्रोशित स्थानीयवासीले विरोध प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका छन् ।

नाइजर । नाइजेरियाको उत्तरी बेनु राज्यमा सप्ताहन्तमा भएको बन्दुकधारीको आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । घटनापछि आक्रोशित स्थानीयवासीले विरोध प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका छन् । 

स्थानीय बासिन्दा र अधिकारीहरूका अनुसार आइतबार बिहान ओटुक्पो स्थानीय प्रशासन क्षेत्रअन्तर्गत पर्ने ओटुक्पो–नोबी समुदायमा बन्दुकधारी समूहले आक्रमण गरेको थियो । स्थानीयका अनुसार बिहान करिब ३ः३० बजेदेखि ४ः३० बजेसम्म भएको गोलीकाण्डमा स्थानीयले फुलानी गोठालासँग आबद्ध समूहको संलग्नता रहेको आशंका गरेका छन् ।

यद्यपि, बेनु राज्य प्रहरीका प्रवक्ता उदेमे एडेटले घटनामा आठ जनाको मृत्यु भएको र पाँच जना घाइते भएको जानकारी दिएका छन् । स्थानीयवासी र अन्य अधिकारीहरूले भने मृत्यु हुनेको संख्या कम्तीमा १८ पुगेको बताएका छन् । 

ओटुक्पो स्थानीय प्रशासनका प्रमुख म्याक्सवेल ओगिरीले दुई साताअघि गोठाला सङ्घका अध्यक्षको हत्या भएपछि उत्पन्न तनावसँग यो हिंसा सम्बन्धित हुन सक्ने बताएका छन् । घटनाको जिम्मेवारी हालसम्म कुनै पनि समूहले लिएको छैन । 

आक्रमणपछि प्रभावित समुदायका महिला र युवाहरू ओटुक्पो बजार क्षेत्रमा प्रदर्शनमा उत्रिएका थिए । उनीहरूले हिंसा नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाउँदै सडक अवरुद्ध गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप