आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

आफ्नो पार्टीले पन्जाबको मुख्यमन्त्री नपाएपछि आन्दोलनको तयारीमा इमरान खान

शनिबार, ०७ साउन २०७९, १२ : ३६
शनिबार, ०७ साउन २०७९

पाकिस्तान तहरीक–इ–इन्साफ (पीटीआई)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री इमरान खानले पञ्जाबमा मुख्यमन्त्रीमा हम्जा शाहबाजको ‘आश्चर्यजनक’ विजयपछि आज शान्तिपूर्ण विरोध प्रदर्शनको आह्वान गरेका छन् । 

पञ्जाब विधानसभाको चुनावपछि पाकिस्तान मुस्लिम लिग – नवाज (पीएमएल–एन)का उम्मेदवार हम्जा शाहबाज  पुन: पञ्जाबको मुख्यमन्त्रीको पदमा निर्वाचित भएपछि पीटीआई अध्यक्ष खानले जनतालाई सम्बोधन गर्न लागेका हुन् । उपसभामुखले पाकिस्तान मुस्लिम लिग–कायद (पीएमएल–क्यु)को १० मत खारेज गरेपछि हम्जाको जित सुनिश्चित भएको थियो । 

खानले पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)का नेता आसिफ जर्दारीलाई पन्जाबको मुख्यमन्त्री चुनावअघि  'हर्स ट्रेड'को आरोप लगाएका छन् ।

यसैबीच, पाकिस्तानका पूर्व विदेशमन्त्री तथा पीटीआईका उपाध्यक्ष शाह महमुद कुरेसीले पनि उपसभामुखको निर्णयको आलोचना गरेका छन् ।  हालै भएको पन्जाब विधान सभा निर्वाचनमा खानको पाकिस्तान तहरीक–इ–इन्साफ (पीटीआइ) विजयी भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप