आफ्नो पार्टीले पन्जाबको मुख्यमन्त्री नपाएपछि आन्दोलनको तयारीमा इमरान खान
पाकिस्तान तहरीक–इ–इन्साफ (पीटीआई)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री इमरान खानले पञ्जाबमा मुख्यमन्त्रीमा हम्जा शाहबाजको ‘आश्चर्यजनक’ विजयपछि आज शान्तिपूर्ण विरोध प्रदर्शनको आह्वान गरेका छन् ।
पञ्जाब विधानसभाको चुनावपछि पाकिस्तान मुस्लिम लिग – नवाज (पीएमएल–एन)का उम्मेदवार हम्जा शाहबाज पुन: पञ्जाबको मुख्यमन्त्रीको पदमा निर्वाचित भएपछि पीटीआई अध्यक्ष खानले जनतालाई सम्बोधन गर्न लागेका हुन् । उपसभामुखले पाकिस्तान मुस्लिम लिग–कायद (पीएमएल–क्यु)को १० मत खारेज गरेपछि हम्जाको जित सुनिश्चित भएको थियो ।
खानले पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)का नेता आसिफ जर्दारीलाई पन्जाबको मुख्यमन्त्री चुनावअघि 'हर्स ट्रेड'को आरोप लगाएका छन् ।
यसैबीच, पाकिस्तानका पूर्व विदेशमन्त्री तथा पीटीआईका उपाध्यक्ष शाह महमुद कुरेसीले पनि उपसभामुखको निर्णयको आलोचना गरेका छन् । हालै भएको पन्जाब विधान सभा निर्वाचनमा खानको पाकिस्तान तहरीक–इ–इन्साफ (पीटीआइ) विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण