राष्ट्र निर्माणका लागि गठबन्धन होइन, बलियो संगठन आवश्यक पर्छ, जुन एमालेसँग मात्र छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धन पूर्ण रुपले असफल भएको बताएका छन् । कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका पोखरेलले आज विहान पत्रकार सम्मेलनमा स्वार्थका लागि सत्ताको प्रयोग गर्ने प्रवृत्ति बढेको दाबी गरे ।
नेकपा एमाले सरकारबाट बाहिरिएपछि मुलुकको आर्थिक अवस्था नाजुक बनेको पोखरेलले बताए । 'विकास निर्माणका कामहरु टप्प छन । लकडाउनको समयमा भन्दा पनि कम विकास खर्च कम भएको छ । मुलुकको परराष्ट्र नीति पूर्णत असफल भएको छ,'महासचिव पोखरेलले भने ।
सरकारले उत्पादन मुलुक उद्योगहरुलाई धरापमा पारेर आयातलाई बढावा दिएको पनि पोखरेलले आरोप लगाए । राष्ट्र निर्माणमा गठबन्धन भन्दा पनि बलियो संगठन आवश्यक रहेको र त्यो एमालेसँग मात्र रहेको महासचिव पोखरेलको जिकिर थियो ।
नागरिकता विधेयक पारित गरेपछि असन्तुलन पैदा भएको पोखरेलको भनाइ छ । दुई देशका बीचको असमान प्रबन्ध राख्नु गलत भएको भन्दै उनले साउन १६ गते एमालेले विरोध प्रदर्शन गर्ने तयारी गरिरहेको पनि खुलासा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देश निराशा र सङ्कटमा छ, लोकतन्त्र समाप्त भए कोही रहँदैनौँ : डा. अमरेश सिंह
-
आज सुनको मूल्य प्रतितोला १२ सयले घट्यो
-
नाइजेरियाको बेनु राज्यमा बन्दुकधारीको आक्रमण, कम्तीमा १८ जनाको मृत्यु
-
सुरक्षा घेराभित्र लुकेर हिँड्ने अनधिकृत पात्रहरूको आतङ्क बढ्यो : निश्कल राई
-
विशेष अदालतमा मुद्दा दायर भइसकेको राहदानी प्रकरणलाई धेरै नगिजोल्न रास्वपाको माग
-
ब्राजिलको सर्वोच्च अदालतले बोल्सोनारोका छोरालाई ९० दिन बुवासँग भेट्न रोक लगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण