आबेको राजकीय अन्त्येष्टिमा पुटिनलाई सहभागी नगराइने
जापानको फुमियो किसिदा सरकारले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पूर्वप्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टिमा सहभागी नगराउने भएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि जापानले पुटिनलाई प्रतिबन्ध लगाएको छ । तसर्थ, पुटिनले आबेको अन्तिम संस्कारमा भाग लिने निर्णय गरे पनि उनलाई अनुमति नदिइने जापानी सञ्चार माध्यमहरूले जनाएका छन् ।
हत्यापछि आबेको पारिवारिक अन्त्येष्टि सम्पन्न भइसकेका छ । तर, सरकारले सेप्टेम्बर २७ मा सार्वजनिक र अन्य विशिष्ट व्यक्तिहरूको उपस्थितिमा औपचारिक राजकीय अन्त्येष्टि आयोजना गर्ने निर्णय गरेको छ । कार्यक्रम मध्य टोकियोको निप्पोन बुडोकानमा हुने अनुमान छ । सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले विश्वभरका सबै ठूला राजनीतिक नेताहरूलाई निमन्त्रणा दिने अपेक्षा गरिएको छ।
रुस–युक्रेन युद्धपछि जापान युक्रेनको पक्षमा उभिएको छ । अहिलेसम्म टोकियोले मस्कोमाथि विभिन्न प्रतिबन्ध लगाएको छ भने युक्रेनलाई सैन्य हतियार उपलब्ध गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण