कट्रिना, विक्कीलाई ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ
कट्रिना कैफ र विक्की कौशललाई मार्ने धम्की दिने व्यक्तिलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ । समाचार एजेन्सी एएनआईका अनुसार मुम्बई पुलिसले यसको जानकारी दिएको छ । विक्की कौशलको उजुरीपछि मुम्बईको सान्ताक्रूज पुलिस स्टेशनमा यो मुद्दा दर्ता गरिएको थियो ।
प्रहरीलाई दिएको उजुरीमा विक्की कौशलले सामाजिक सञ्जालमा एक व्यक्तिले आफू र उनकी श्रीमतीलाई ज्यान मार्ने धम्की दिइरहेको बताएका थिए ।
उनका अनुसार आरोपितले आफ्नी श्रीमतीलाई पछिल्ला केही दिनदेखि स्टक गर्दै आएका थिए । आईटी एक्ट अन्तर्गत मुद्दा दर्ता गरेपछि, मुम्बई पुलिसले यस विषयमा अनुसन्धान सुरु गर्यो र केही घण्टा पछि आरोपीलाई पक्राउ गर्यो ।
कट्रिना कैफ र विक्की कौशलले गत वर्ष डिसेम्बरमा विवाह गरेका थिए ।
#UPDATE | Man, accused of threatening Katrina Kaif and Vicky Kaushal through social media, arrested by Police: Mumbai Police
— ANI (@ANI) July 25, 2022
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानप्रति समर्थन जनाउँदै इजिप्टका प्रशिक्षकले भने– ‘सबै टोलीप्रति समान व्यवहार गरियोस्’
-
५ सयभन्दा बढी आप्रवासी बालबालिकालाई अमेरिकाबाट निकाल्दै छन् ट्रम्प
-
न्युयोर्कमा १० लाख भाडा–नियन्त्रित अपार्टमेन्टको भाडा यथावत्, मेयर मामदानीको चुनावी वाचा पूरा
-
एप्पलले बढायो म्याकबुक र आइप्याडको मूल्य
-
कविन्द्रले किन छाडे महामन्त्रीको दाबी ?
-
फ्राइडे रिलिज : प्रदर्शनमा ‘जाँड’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण