कर्णालीका मुख्यमन्त्रीले भने– आफै लतारिएको छु, अरुलाई मैले के लतार्नु ?
कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीमा नयाँ खालका अभ्यासहरू हुने गरेको टिप्पणी गरेका छन् । सोमबार प्रदेशसभालाई सम्बोधन गर्दै उनले जे जस्ता अभ्यास भइरहे पनि त्यसमा आफूलाई खुसी नै लागेको बताए ।
सरकारले गर्नुपर्ने काम नियतवस नगरेको भन्ने आरोपमा सत्यता नरहेको दाबी गर्दै उनले सत्ता गठबन्धनका सहयात्री दलले माग गरेका कतिपय कुरामा प्राविधिक समस्याले गर्दा काम गर्न नसकेको बताए । ‘दलित विधेयक आएन भन्ने कुरा आयो, विभागीय मन्त्रीलाई भनेको १३ दिनभित्र क्याबिनेटबाट पास गरेको थिएँ,’ उनले भने, ‘सिञ्जा सभ्यता विधेयकको बारेमा केही टेक्निकल समस्या भएकाले रोकिएको हो ।’
उनले माओवादीको भागमा परेको अर्थ तथा प्राकृतिक स्रोत साधन समिति नेतृत्वविहीन रहनुमा पनि केही टेक्निकल समस्या रहेको प्रस्ट पारे । सहिद स्मृति भत्ताको विषयमा उनले कुनै बदनियतको साथ आफू ‘ब्याक’ नभएको जिकिर गरे । गठबन्धनमा रहेर माओवादी केन्द्रले उठाएका मागहरुलाई बेवास्ता गर्दै लतार्ने काम गरेको भन्ने आरोप लाग्दै आएको सन्दर्भलाई केन्द्रित गर्दै उनले भने, ‘मैले के लतारेँ र ? म आफै लतारिएको छु, अरुलाई के लतार्नु ?’
सरकारको जति सामर्थ्य छ, त्यसलाई प्रयोग गरेर माओवादीले उठाएका कुराहरु कार्यान्वयन गर्नतर्फ आफू अग्रसर हुने उनले प्रस्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार खुसी पार्न संयन्त्र केन्द्रित हुँदा नागरिक असुरक्षित : महर
-
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?
-
युक्रेन युद्ध थप चर्किने संकेत, युद्ध विस्तारको तयारीमा पुटिन
-
लागुऔषधसहित २० जना पक्राउ
-
बालेन सरकारलाई सांसद विष्टले भने, ‘इतिहास र सम्पत्ति जलाएर आएको राक्षसी सरकार’
-
सार्वजनिक सवारीमा जीपीएस, सीसीक्यामेरा र एआई निगरानी अनिवार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण