पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
मङ्गलबार, १० साउन २०७९, ११ : १५
पहिरोका कारण सुर्खेत–जुम्ला कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालिकोटको खाँडाचक्र नगरपालिकाको जिते भन्ने ठाउँमा मंगलबार बिहान पहिरो खसेसँगै राजमार्ग अवरुद्ध भएको हो ।
प्रदेश प्रहरी कार्यालयका सुचना अधिकारी एवं प्रहरी निरीक्षक हिरा बहादुर पाण्डेका अनुसार गए रातीदेखि परेको अबिरल वर्षाका कारण मंगलबार बिहान उक्त ठाउँमा पहिरो गएको छ । राजमार्ग अवरुद्ध भएसँगै सुर्खेतदेखि जुम्लाका लागि छुटेका सवारी साधनहरु बीचमै रोकिएका छन् भने यात्रुहरु अलपत्र परेका छन् ।
पाण्डेका अनुसार अस्थायी प्रहरी पोष्ट हुम्ला कालिकोटबाट प्रहरीको टोली र स्थानीयको समन्वयमा पहिरो पन्छाउने कार्य भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?
-
युक्रेन युद्ध थप चर्किने संकेत, युद्ध विस्तारको तयारीमा पुटिन
-
लागुऔषधसहित २० जना पक्राउ
-
बालेन सरकारलाई सांसद विष्टले भने, ‘इतिहास र सम्पत्ति जलाएर आएको राक्षसी सरकार’
-
सार्वजनिक सवारीमा जीपीएस, सीसीक्यामेरा र एआई निगरानी अनिवार्य
-
अझै सकिएन ध्रुवे हात्तीलाई डार्ट गर्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण